फेरि डा केसीलाई अनसन बस्ने अवस्था आउन दिन्नँ : प्रधानमन्त्री ओली


प्रकाशित मिति : श्रावण २६, २०७५ शनिबार

प्रधानमन्त्री केपी शर्मा ओली र डा गोविन्द केसीबीचको भेटवार्ता सकिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले सहमति गरिएको विषयमा आफू इमानदार भएको र फेरि अनसन बन्ने अवस्था आउन नदिने बताएका छन ।

साथै उनले अन्य सहमति कार्यान्वयनका लागि डा. केसी समेत संलग्न भएको कमिटी बनाउने प्रस्ताव गरेका छन् ।

भेटवार्तामा ओलीले डा केसीलाई १५ दिनभित्र पूरा गर्ने भनिएको मागलाई सरकारले बेवास्ता गरेको अवगत गराएका थिए ।

प्रधानमन्त्रीले संसदमा लैजानुपर्ने विषय सहमति अनुसार नै लगेको र मन्त्रिपरिषद्मा आउनुपर्ने विषयमा हकमा भने शिक्षामन्त्रीसँग बुझ्ने जवाफ दिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com