चीनभन्दा अमेरिकामा १३ सय अर्बपति बढी


प्रकाशित मिति : श्रावण २६, २०७५ शनिबार

तपार्इंसँग कति सम्पत्ति भयो भने अर्बपतिको सूचीमा पर्नुहुन्छ? यसको जवाफ एक प्रतिवेदनबाट पाउन सकिन्छ, जस अनुसार तपाईंसँग ५० करोड अमेरिकी डलर भए तपाई अर्बपतिको सूचीमा पर्नुहुनेछ।

सन् १८९६ मा स्थापना भएको नाइट फ्रेंक एलएलपी एजेन्सी २००९ को एक प्रतिवेदन अनुसार ५० करोडभन्दा बढी सम्पत्ति भएका धेरै धनाढ्यहरु उत्तर अमेरिकी महाद्वीपमा बस्दछन्। त्यसमा पनि ३१.८ प्रतिशत धनाढ्यको संख्या अमेरिका र क्यानडामा बस्छन्। यसैगरी २८.१ प्रतिशत धनाढ्यहरु एसियामा बसोबास गर्छन्। २५.४ प्रतिशत मानिस युरोपमा बस्छन्। बाँकी १५ प्रतिशत मध्य एसिया, अष्ट्रेलिया, रुस तथा ल्याटिन अमेरिका र अफ्रिकामा बस्छन्।

यस प्रतिवेदन तयार पार्न एएलपी एजेन्सीले वेल्थ–एक्स नामको एक अन्तर्राष्ट्रिय डेटा कम्पनीसँग जानकारी लिएको हो। यस डेटा कम्पनीले कयौं लक्जरी ब्राण्ड, एनजीओ र शिक्षण कम्पनीसँग काम गर्छ। यससँगै प्रतिवेदन तयारपार्न एजेन्सीले विश्वका पाँच सयभन्दा बढी बैंकमा भएको सर्वेक्षणबाट जानकारी संकलन गरिएको छ। यी बैंकहरुले विश्वका पचास हजारभन्दा बढी मानिसहरुसँग कारोबार गर्दछ। जसका सम्पत्ती ३ अरब डलर छन्।

विश्वका दश धेरै अर्बपति भएका देश

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस प्रतिवेदनका अनुसार विश्वका शीर्ष दश अर्बपति बस्ने देशमा अमेरिका, चीन, जापान, हङकङ, क्यानडा, स्वीजरल्याण्ड, फ्रान्स, रुस, सीआईएस देश र वेलायत पर्दछन्। प्रतिवेदनले अमेरिका र दोस्रो स्थानको चीनका अर्बपतिमा ठूलो अन्तर देखाएको छ।

अमेरिकामा चीनकोभन्दा १ हजार ३ सय ४० जना अर्बपति बढी छन्। अमेरिकामा १ हजार ८ सय ३० जना अरबपति रहेको जनाइएको छ। सूचीको ११ औं स्थानमा रहेको भारतमा २ सय अरबपति भएको देखाइएको छ। सन् २०१६–२०१७ को बीचमा अर्बपतिको संख्या सबैभन्दा बढी हङकङमा २३ प्रतिशतले बढेको छ। वेलायतमा भने ४ प्रतिशतले अर्बपतिको कमी भएको थियो। भारतमा २०१६ र २०१७ को बीचमा १८ प्रतिशतले धनाढ्यको संख्या बढेको थियो।

अर्बपतिसँग एकभन्दा बढी घर, पासपोर्ट र नागरिकता

प्रतिवेदनले अर्बपतिसँग एकभन्दा बढी घरहरु भएको देखाएको छ । उनीहरु विश्वका विभिन्न स्थानमा सम्पत्ति जोड्छन्। यससम्बन्धी बुझ्न एजेन्सीले ५ सय प्राइभेट बैकर्ससँग अन्तर्वार्ता गरेको छ। उनीहरुले ५० करोडभन्दा बढी भएका ग्राहकहरुसँग कम्तिमा ३ घरहरु रहेको पाइएको जनाएका छन्। यसमा एक मुख्य घर र अन्य अतिरिक्त घरहरु सामेल छन्।

एकभन्दा बढी घर हुने अर्बपति मध्य एसियामा बढी रहेको पाइएको छ। उनीहरुसँग कम्तिमा ४ घर भएको देखिएको छ। अफ्रिकी अर्बपतिभने थोरै घर जोड्ने धनाढ्यमा पर्दछन्। उनीहरुसँग औसतमा २ घर भएको देखिएको छ। घरसँगै अर्बपतिसँग दुई वटा पासपोर्ट र नागरिकता हुनु सामान्य मानिएको छ। प्रतिवेदनले रुस बैंकका ग्राहक भएको ५८ प्रतिशत अर्बपतिसँग २ पासपोर्ट रहेको छ। ४१ प्रतिशत लेटिन अमेरिका र ३९ प्रतिशत एसियाली मूलका धनाढ्यसँग २ देशको नागरिकता रहेको छ।

एलएलपी एजेन्सीको सूचीमा २ हजार २ सय ८ जना यस्ता धनाढ्यहरु समावेश छन्। जोसँग एक सय करोड अमेरिकी डलरभन्दा धेरै सम्पत्ति छ। फोब्र्सले सन् २०१८ को सूचीमा पनि उनीहरुलाई समावेश गरेको छ। अमेजन कम्पनीका मालिक जेफ बेजोस, माइक्रोसफ्टका बिल गेट्स र वारेन बफेट यस वर्ष फोब्र्सको शीर्ष सूचीमा परेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com