फ्रान्सका होटलहरुमा कामदारकाे चर्काे अभाव, १ लाख आप्रवासी शरणार्थीलाई लिने प्रस्ताव


प्रकाशित मिति : श्रावण २५, २०७५ शुक्रबार

फ्रान्सेली होटेल तथा रेष्टुरेन्टका सञ्चालकहरूले कामदारको चर्काे अभाव भएपछि साे समस्या टार्न आप्रवासी शरणार्थीहरुलाई लिने प्रस्ताव सरकारसँग गरेका छन् ।

आप्रबासी शरणार्थीलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गरी शरणार्थीका कारण वेलाबखत सिर्जना हुने समस्यालाई नियमन गर्न उनीहरूलाई रोजगारी दिने प्रस्ताव होटेल तथा रेष्टुरेन्ट सञ्चालकहरूको रहेको दाबी गरिएकाे छ ।

फ्रान्सको होटेल उद्योगसम्बन्धी निकाय यूएमआइएचका अध्यक्ष रोलान्ड हेगले भनेका छन्, “होटेल तथा रेष्टुरेन्टको क्षेत्रमा कामदारको व्यापक अभाव महशुस गर्दै आप्रबासी शरणार्थीलाई काम दिएर यसको समाधान खोज्ने प्रस्ताव हामीले गरेका छौँ ।”

“कम्पनीहरूले कामदारको मागलाई स्वदेशी जनशक्तिबाट धान्न कठीन भएको छ । हामीले शरणार्थीलाई हाम्रो व्यवसायमा जोडेर समस्याको समाधान गर्न सरकारसँग समन्वय गरेका छौँ । अनुमति पाएमा सोही अनुरूप अघि बढ्ने सोच हाम्रो छ,” उनकाे भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्य विकसित मुलुकमा जस्तै फ्रान्समा पनि निम्न आम्दानीस्तरका कामदारका लागि समस्या देखिँदै आएको छ । होटेलको उच्च आम्दानीका आतिथ्य क्षेत्रका कामदारका लागि खासै समस्या नभए पनि महादेशीय खाना तथा सरसफाई गर्ने कामदारको भने अभाव रहँदै आएको छ ।

हेगले भनेका छन्, “हामीले लिने भनिएका कामदारमध्ये ५० प्रतिशत रोजगारी स्थायी प्रकृतिका रहने र बाँकी अस्थायी हुनेगरी करार गर्न तयार छौँ ।”

फ्रान्सले सन् २०१७ मा एक लाख आप्रवासी शरणार्थी भित्राएको थियो । यो पहिलेका वर्षहरूमाभन्दा १७ प्रतिशतले बढी हो ।
फ्रान्सको कानून अनुसार शरणार्थीले आवासीय अनुमति पाएपछि मात्र देशभित्र काम गर्न सक्छन तर शरणार्थी दाबीसाथ अनुमतिका लागि उनीहरूले निवेदन दिएपछि नौ महिना पर्खनुपर्ने हुन्छ ।

फ्रान्सको संसदबाट आप्रवासीसम्बन्धी बिल (कानुनकाे मस्याैदा) गत हप्ता पास गरेको थियो । तर बिलले कानूनी स्वरूप पाउन भने राष्ट्रपतिबाट उक्त विधेयकमा हस्ताक्षर गर्नुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com