अंश जोगाउन परिवारकै हत्या !


प्रकाशित मिति : श्रावण १७, २०७५ बिहीबार

अंश जोगाउनका लागि राजविराज नगरपालिका–१५ मुसहर्नियामा भाइकै योजनामा दाजुको परिवारका तीन सदस्यको हत्या भएको अनुसन्धानका क्रममा प्रहरीले खुलाएको छ ।

स्थानीय ३५ वर्षीय सुरज साह, ३० वर्षीया पत्नी बेचनीदेवी र चार वर्षीया छोरी प्रतिभाको हत्या मृतकका भाइ पञ्चदेव साहको योजनामा भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले दाबी गरेको छ । हत्या आशंकामा हिरासतमा राखी प्रहरीले मृतकका आफन्तको बयान लिएको थियो ।

हत्यामा पञ्चदेवसहित उनकी पत्नी प्रमिलादेवीको योजना रहेको थियो भने शव बेपत्ता बनाउन सोही वडाका धर्मेन्द्र साह, जिवछ साह र सत्यनारायण साहले सहयोग गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

घरायसी विवाद बढेपछि अंश जोगाउनका लागि परिवारकै हत्या गरिएको प्रहरीलाई पञ्चदेवले बयान दिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश सिंहले बताए । उनीहरूलाई पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत २९ जेठमा हत्या गरी बेचनीको शव घरपछाडि शौचालयको सेफ्टी ट्यांकीभित्र लुकाइएको थियो । शव गन्हाउन थालेपछि परिवारकै हत्या भएको खुलेको हो । प्रहरीले ३१ जेठमा बेचनीको शव सेफ्टी ट्यांकीबाट निकाली बेपत्ता भएका सुरज र छोरी प्रतिभाको खोजी प्रहरीले अहिले पनि गरिरहेको छ ।

२९ जेठमै सुरज र उनकी छोरी प्रतिभाको पनि हत्या गरी शव घरदेखि करिब २ किलोमिटर टाढा कोसीपश्चिम नहरको खाँडो नदीमा फ्याँकिएको बयान पञ्चदेवले दिएको प्रहरीले जनाएको छ । अभियुक्तहरूले दिएको बयानका आधारमा दुई दिनदेखि प्रहरीले खाँडो नदीमा शव खोजिरहेको छ । वर्षा र अत्यधिक पानी रहेका कारण शव खोजी कार्य प्रभावित बनेको प्रहरी उपरीक्षक सिंहले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com