प्राधिकरणमा बोनस वितरण : महालेखा र अख्तियारलाई लत्याउँदै बोनसको निर्णय


प्रकाशित मिति : श्रावण १७, २०७५ बिहीबार

नागरिक उड्डयन प्राधिकरणले देखाएको नाफामै महालेखाले आशंका व्यक्त गरिरहेको बेला सञ्चालन समितिले भने फेरि कर्मचारीलाई करोडौं बोनस बाँड्ने निर्णय गरेको छ ।

महालेखाको ५५ औं बार्षिक प्रतिवेदनमा नाफा सम्बन्धमा फरक फरक हिसाब आएकोले कर्मचारीलाई वोनस वितरण गर्नु गैरकानुनी हुने उल्लेख छ ।

तर, प्राधिकरण सञ्चालन समितिले केही साता अघि वोनस वितरणको निर्णय गर्दै स्वीकृतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको छ ।

मन्त्रालयले भने यसमा कुनै निर्णय नगरी विचाराधिन अवस्थामा राखेको छ । आजको कारोबारले पहिलो पृष्ठमा यो समाचार छापेको छ । नागरिक उड्डयन प्राधिकरणमा मन्त्री नै अध्यक्ष हुने भएकाले पारित हुने सम्भावना बढी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महालेखाको ५५ औं बार्षिक प्रतिवेदनमा नागरिक उड्डयन प्राधिकरणले नाफामा पटक पटक फरक तथ्यांक देखाउँदै आएकोले ततकाल बोनस दिन नहुने उल्लेख छ । संवैधानिक निकायको उक्त प्रतिवेदनलाई लत्याउँदै पुनः बोनसको निर्णय गरिएको हो ।

गत बर्ष पनि प्राधिकरण सञ्चालक समितिले बोनस वितरण गर्ने निर्णय गर्दै स्वीकृतिका लागि तालुक निकाय पर्यटन मन्त्रालयमा पठाएको थियो । पर्यटन मन्त्रालयले पनि सहमतिका लागि भन्दै अर्थ मन्त्रालयमा पठाएको थियो । तर, यस विषयको सबै फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगेको छ ।

अख्तियारबाट समेत अहिलेसम्म उक्त विषयमा कुनै निर्णय नभएको अवस्थामा पुनः प्राधिकरणले बोनसको निर्णय गर्नु राम्रो नभएको मन्त्रालय स्रोतको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com