सुरक्षार्थ राखिएका सिसी क्यामेराआर्थिक अभावले बन्द


प्रकाशित मिति : श्रावण १६, २०७५ बुधबार

चितवनको भरतपुर र रत्ननगर जोड्ने टिकौली जैविक मार्ग (कोरिडोर) मा वन्यजन्तुको सुरक्षाका लागि राखिएका सिसी क्यामेरा आर्थिक अभावले बन्द भएका छन् । गाडीको तीव्र गतिले संरक्षित वन्यजन्तु मार्ने क्रम बढेपछि यहाँ १० वटा सिसी क्यामेरा जोडेर वन्यजन्तुको सुरक्षा अपनाइएको थियो । तर अहिले आर्थिक अभावका कारण सबै क्यामेरा बन्द भएपछि वन्यजन्तुमा हुने क्षति रोक्ने काम चुनौतीपूर्ण बनेको छ ।

सशस्त्र वन रक्षक तालीम केन्द्र टिकौलीमा नियन्त्रण कक्षा बनाएर जडान गरिएको सडक छेउको १० वटै सिसी क्यामेराले वर्षा लागेपछि राम्ररी काम गर्न सकेको छैन । साउनको ४ गतेबाट भने सबै क्यामेरा बन्द नै हुन पुगेको छ ।

सशस्त्र वन रक्षक तालिम केन्द्रका सुवेदार माधव उप्रेती जेनतेन चल्दै आएको सिसी क्यामेरा पैसा नभएर मर्मत गर्न नसक्दा सबै बन्द भएको बताउँछन् । ‘हामीलाई सञ्चालनका लागि बजेट आउँदैन, निकुञ्ज र तालले केही हेर्दैन, उप्रेतीले भने, ‘वार्षिक ३५ हजार विद्युत्का लागि भनेर आउँछ कार्यालयकै विद्युत् तिर्न सकिरहेको छैन, सिसीलाई कसरी खर्च गर्नु ।’

करिब ६ किलोमिटर क्षेत्र रहेको टिकौली जंगल निकुञ्जको चुरे र महाभारत पर्वत जोड्ने कोरिडोर हो । वन्यजन्तुको आवतजावत गर्ने क्षेत्र भएकाले पूर्व–पश्चिम गर्ने सवारीसाधनले हानेर वन्यजन्तु मर्ने क्रम बढेपछि निगरानीका लागि सिसी क्यामेरा जडान गरिएको बताउछन् निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वर्षामा समस्या हुने भन्दै उनले निगरानी जारी रहेको प्रतिक्रिया दिए । सशस्त्र वन रक्षक नजिक भएकाले उसैलाई निगरानी गर्न भनिएको समेत उनी बताउँछन् । दुई वर्षअघि तराई भूपरिधि कार्यक्रम (ताल)को सहयोगमा चितवन निकुञ्ज, जिल्ला वन कार्यालय र स्थानीय प्रशासनको पहलमा यहाँ सिसी क्यामेरा जडान गरिएको थियो ।

क्यामेराकै आधारमा प्रहरीले दुर्घटना गराएर भागेको गाडी समाउन सफल भएको थियो भने वन्यजन्तुलाई ठक्कर दिने पाँच÷छ वटा गाडी नियन्त्रणमा लिई कारबाहीसमेत गरिएको थियो । बीचमा पाँच÷छ वटा क्यामेरा नियमित सञ्चालनमा थियो ।

मुख्य राजमार्गको करिब ६ किलोमिटर क्षेत्र रहेको टिकौली जंगलको राजमार्ग छेउमा क्यामेरा राखिएको थियो । सो क्षेत्रमा दुर्लभ वन्यजन्तु गैँडा, बाघ चित्तल, बँदेललगायत ओहोरदोहोर गर्दै आएको छ । वर्षेनी यहाँ गाडीको ठक्करले चित्तल मर्ने गरेको छ । कमजोर निगरानी र सिसी क्यामेरा बन्द हुँदा भने अब सुरक्षा चुनौतीपूर्ण बनेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com