भारत र चीन भ्रमणको तयारीमा प्रचण्ड


प्रकाशित मिति : श्रावण १६, २०७५ बुधबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन र भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा आएका आएको छ ।तर पहिला कुन देशको भ्रमण गर्ने तय हुन सकेको थिएन । चीन तयारीमा जुट्यो ।प्रचण्डलाई अगस्टको पहिलो हप्ता चीन भ्रमण गराउने तयारी सुरु भयो ।

यसैबीचमा भारतले प्रचण्डलाई पहिला दिल्लीमा ‘रेड कार्पेट’ विछ्याउने तयारी थाल्यो । यद्यपि भ्रमणको मिति तय हुन बाँकी छ ।अगस्टमै चीन र भारत दुवै देशको भ्रमण गर्ने लगभग निश्चित भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पहिलो भ्रमण चीनको गर्ने तयारीमा लागेका थिए ।चीन भ्रमणको तयारी पनि भएको थियो ।त्यहीबीचमा भारतले एकतर्फी रूपमा प्रधानमन्त्री ओलीका लागि भारत भ्रमणको मिति तय गरेको थियो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीका लागि चीन गएका थिए । उताबाट छलफल गरेर फर्किने दिन नै भारतले प्रधानमन्त्री ओली भ्रमणको मिति तय गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतले मिति तय गरेपछि नेपाल सरकारमाथि एक प्रकारको दबाब परेको थियो । बाध्य भएर चीनको भ्रमण स्थगित गरी प्रधानमन्त्री भारत भ्रमणमा गएका थिए ।

त्यति मात्र होइन, प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लाग्दा भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको मिति तय गरेको थियो । जब कि त्यति बेलासम्म भारतका प्रधानमन्त्री मोदीलाई नेपालको भ्रमण गराउने सोच कसैको बनेको थिएन ।

भारतले मोदीको भ्रमण एकतर्फी रूपमा तय गरेपछि प्रधानमन्त्री ओलीले चीनको भ्रमणलाई पछि सारेको थिए ।

भारतीय जनता पार्टीका महासचिव राम माधवले हिजो प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डलाई भेटेर भारत भ्रमणको विषय तय गरेको स्रोतले जनाएको छ ।

भारतीय सरकारका लागि थिङ्क ट्याङ्कका रूपमा काम गरिरहेको इन्डिया फान्डेसनका निर्देशकसमेत रहेका राम माधवले अध्यक्ष प्रचण्डलाई भेटेर भारतको भ्रमणको औपचारिक निमन्त्रणा दिएको बताइन्छ । पहिलादेखि भारत जाने तय नै थियो तर पहिला चीन जाने कि भारत त्यसमा कुनै निर्णय भएको थिएन । यो कार्यक्रममा प्रचण्ड प्रमुख अतिथि थिए ।

सो कार्यक्रममा प्रचण्डले नेपाल र भारतबीचको सहकार्यनिम्ति गरिएको प्रतिबद्धताको कार्यान्वयनका लागि द्विपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका थिए ।

एशियन इन्स्टिच्यूट एण्ड डिप्लोमेसी एण्ड इन्टरनेसनल एफेयर्स तथा नेहरु मेमोरियल म्युजियम एन्ड लाइब्रेरीले आयोजना गरेको ‘नेपाल–भारत थिङ्क ट्याङ्क समिट २०१८’ उद्घाटन गर्दै प्रचण्डले आपसी सम्बन्ध खुला र प्रगतिशील मानसिकताका साथ साझा स्वार्थका लागि अघि बढाउन आफूहरूले प्रयत्न गरिरहेको बताएका थिए ।

प्रचण्डले नेपालको स्थिरता, शान्ति र समृिद्ध भारतको पनि स्वार्थको विषय भएको तथा छिमेकीको सहयोगविना नेपालको समृद्धि हासिल गर्न नसक्ने भएकाले दिगो विकास लक्ष्यको परिधिमा रहेर साझा गन्तव्य पहिल्याउन आवश्यक भएको पनि बताएका थिए । ‘नेपालको गरिबीको अवस्था लामो समयसम्म रहिरहन सक्दैन । छिमेकीले विकास गरिरहँदा हामी पछि पर्न सक्दैनौँ । भारतसँगको समझदारीअनुसार रेल र जलमार्ग हुँदै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्न आवश्यक छ ।’ प्रचण्डको भनाइ थियो ।

भारतीय जनता पार्टीका महासचिव श्रीराम माधवले दुई देशबीच संस्कृति, सम्पर्क सञ्जाल र वाणिज्यलगायत क्षेत्रमा नजिकको सम्बन्ध रहेको जनाउँदै नेपालको बहुमतको स्थिर सरकारले लोकतन्त्रलाई सफल बनाउने अपेक्षा व्यक्त गरेका थिए । उनले भारतीय प्रधानमन्त्री मोदीको छिमेकी नीतिले निरन्तरता पाउने बताउँदै उहाँले आपसी सम्बन्धलाई ज्ञानमा आधारित सम्बन्धका रूपमा पनि विकास गर्न सम्मेलनले योगदान दिने बताएका थिए ।

भाजपाका महासचिव माधवले भेटेर भारतको भ्रमण गर्न आग्रह गरेपछि प्रचण्डको पहिलो भ्रमण भारत हुने सम्भावना बढेर गएको छ । मिति पछि तय हुने भारतीय दूतावास स्रोतले जनाएको छ ।

यसै विषयमा आज भाजपाका महासचिव राम माधव र नेकपाका स्थायी समिति सदस्य एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवबीच पनि छलफल भएको स्रोतले जनाएको छ ।

महासचिव राम माधवको आगमनमा नेपालस्थित भारतीय दूतावासले हिजो राति डिनर पाटीको आयोजना गरेको थियो । सो पाटीमा नेपालका प्रमुख दलका प्रमुख नेताहरूको उपस्थिति रहेको थियो ।

यसैबीच, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री उपमन्त्री वाङ या चिङले अध्यक्ष प्रचण्डसँग भेट गरी चीन भ्रमणका निमन्त्रणा दिएको बताइएको छ । मिति तय भएको छैन ।

नेकपाभित्र ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्रीका लागि आन्तरिक सहमति बनेको बताइएको छ । यस्तोमा प्रचण्डको भारत र चीन भ्रमण अर्थपूर्ण हुन सक्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com