१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या


प्रकाशित मिति : श्रावण ११, २०७५ शुक्रबार

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। भीमदत्त नगरपालिका–१८ निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको हो।

बिहीबार उनको घर नजिकै उखुबारीमा बलात्कारपछि हत्या भएको बुझिएको छ। उनको हत्या गरिएको अवस्थामा शुक्रबार बिहान मात्रै शव फेला परेको छ। घरदेखी १ किलोमिटरको दुरीमा खोलापारी रहेको उखुबारीभित्र उनको हत्या गरेर फालिएको अवस्थामा शव भेटिएको छ।

बिहीबार मध्यान्ह १२ बजेतिर घरबाट साथीकोमा जान भनेर हिडेँकी पन्त साँझसम्म घर नफर्किएपछि परिवारले खोजतलास गरेका थिए। उनको सडक नजिकै खोला किनारमा साइकल र किताबकापी फेला पारेपछि नजिकै खोजतलास गर्ने क्रममा शुक्रबार बिहान उखुबारीमा शव भेटिएको हो।

साँझसम्म समेत खोजतलास गर्दा नभेटिएपछि रातिको समयमा परिवारले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले राति खोजतलास गर्न नमानेको परिवारको आरोप छ। प्रहरीले शुक्रबार बिहान खोजतलास गर्ने क्रममा एक जना शंकास्पद युवक पक्राउ परेपछि हत्या गरिएको अवस्थामा शव भेटिएको हो।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

शव अहिले घट्नास्थलमै रहेको छ। बालिका स्थानीय सरस्वती मावि खोल्टीमा कक्षा ९ मा अध्ययनरत थिइन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी ज्ञानबहादुर सेट्टीले घटनाकाबारेमा तीब्र अनुसन्धान अघि बढेको बताएका छन्।

‘हामीले एकजनालाई पक्राउ गरेर थप अनुसन्धान थालेका छौं’ डीएसपी सेट्टीले भने,‘ अहिले नै कसले र किन हत्या गरेको भन्ने खुलेको छैन्’।

घट्नापछि स्थानीयवासीहरु आक्रोशित भएका छन्। उनीहरुले दिनप्रतिदिन अपराध बढ्दै गएपनि प्रहरी प्रशासनले ध्यान दिन नसकेको बताएका छन्। स्थानीयले प्रहरी चौकी स्थापना गर्न माग समेत गरेका छन्। कञ्चनपुरमा दुईसाता अघि समेत कृष्णपुरमा एक १७ वर्षीया किशोरीको समेत बलात्कारपछि हत्या भएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com