फेसबुकलाई शेयरबजारमा ठूलो झट्का, रेकर्ड राख्दै शेयरमूल्य १९%ले घट्यो?


प्रकाशित मिति : श्रावण ११, २०७५ शुक्रबार

लामो समयदेखि कन्टेन्ट पोलिसी बिवादमा फसेको फेसबुकलाई शेयर बजारमा ठूलो झट्का लागेको छ। बिहीबार वालस्ट्रिटमा फेसबुकको शेयर १९ प्रतिशतभन्दा बढीले घट्यो जुन शेयर बजारकै इतिहासमा एकै दिनमा भएको ठूलो नोक्सानी हो।

यसबाट फेसबुकले ११० अर्ब डलर गुमाएको बताइएको छ। सार्वजनिक रुपमा शेयर खरिद बिक्री हुने कम्पनीको शेयरमा एकै दिनमा यति ठूलो गिरावट यसअघि कहिल्यै भएको थिएन।

गत बुधबार फेसबुकले आफ्नो तेस्रो त्रैमासको वासलात सार्वजनिक गर्दै आफ्नो रेभेन्यू ग्रोथमा निरन्तर कमी आउने तथ्य सार्वजनिक गरेसँगै लगानीकर्ताहरु पेनिक भएका थिए।

फेसबुकले सामना गर्नुपरेको कमजोर बित्तीय अवस्था, नयाँ प्रोडक्टमा लगानीकासाथै प्राइभेसी टुल्सहरु थप सुरक्षित बनाउन लगानी गर्नुपरेकाले रेभेन्यू ग्रोथमा कमी आउने कम्पनीले जनाएको छ।
फेसबुकका चिफ फाइनान्सियल अफिसर डेभिड वेनेरले कम्पनीको तेस्रो र चौथो त्रैमासिकमा निरन्तर गिरावट हुने अनुमान सार्वजनिक गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कम्पनीले अढाइ अर्ब मानिसले मासिक कुनै एउटा एप प्रयोग गर्ने गरेको समेत बताएको छ। यसमा फेसबुक, मेसेन्जर, वाह्टस् एप र इन्स्टाग्राम रहेका छन्।
हरेक महिना फेसबुक प्रयोग गर्ने अमेरिकीहरुको संख्या घटेपनि फेसबुकका ग्लोबल यूजर्स भने ११ प्रतिशतले बढेको कम्पनीले जनाएको छ।

तेस्रो त्रैमासिकको रिपोर्ट सार्वजनिक भएपछि पेनिक लगानीकर्तालाई फेसबुकका सिइओ मार्क जुकरबर्गले भने नोक्सानीबाट बिचलित नहुन आश्वासन दिएका छन्।

‘हामीले यो कम्पनी दीर्घकालका लागि चलाएका हौं। एउटा त्रैमासकालागि मात्र होइन’- उनले भने।

जुकरबर्गले आफ्नो कम्पनीले सेफ्टी टुल्सहरुको सुधार र निर्माणमा लगानी गरेको भन्दै यस क्रममा ठूलो लगानी भएको हुँदा स्वभाविक रुपमा नाफामा असर पर्ने बताए।

योसँगै ब्लुमबर्ग बिलेनियर इन्डेक्समा पनि जुकरबर्ग छैठौ स्थानमा झरेका छन्।

रिपोर्टका अनुसार उनले सन् २०१८ को अन्त्यसम्ममा १३७ करोड डलरसम्मको नोक्सानी भोग्नुपर्ने हुनसक्छ।

यसअघि सन् २०१५ मा पनि फेसबुकले नोक्सान ब्यहोरेको थियो। तर यसपटक रेकर्ड स्तरकै नोक्सानी ब्यहोरेको छ।

डेटा प्राइभेसीको बिषयले फेसबुकका सिइओ मार्क जुकरबर्ग अमेरिकी कँग्रेसमा नै उपस्थित भएर जवाफ दिनुपरेपछि कम्पनीको साखमा कमी आएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com