औपनिवेशकालीन श्रमिकका अवशेष जापानबाट फिर्ता ल्याउन पहल शुरु


प्रकाशित मिति : श्रावण ९, २०७५ बुधबार

उत्तर र दक्षिण कोरियाली नागरिक समूहहरु सन् १९१०–४५ को औपनिवेशिक युगमा जापानमा जबर्जस्ती श्रममा लगाइएका कोरियालीको अवशेष फिर्ता ल्याउन एउटा समिति बनाउन सहमत भएका छन् ।
मेलमिलाप तथा सहयोगसम्बन्धी कोरियाली परिषद्का प्रमुख कीम होङ–गूलका अनुसार, आफू र आफ्ना उत्तर कोरियाली समकक्षी कीम योङ–डाईबीच यस संयुक्त अभियानका बारेमा उत्तर कोरियाली राजधानी प्योङयाङमा हस्ताक्षर भएको छ । कीम योङ–डाई उत्तर कोरियाली संसदका उपाध्यक्ष पनि हुन् ।
कीम होङ–गूलले यस समितिको अध्यक्षता गर्नेछन् भने उत्तर कोरियाली नेताले समितिको उपाध्यक्षका रुपमा कार्य गर्नेछन् ।

दुवै पक्षले जापान समेतका अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको अपेक्षा गर्नुका साथै प्रत्यावर्तन परियोजनाका सम्बन्धमा एकअर्काबीचको परामर्शलाई निरन्तरता दिनेछन् ।
“हामीले उत्तर कोरियाली समकक्षीहरुलाई आगामी सेप्टेम्बरमा यहाँ निमन्त्रणा गर्दैछौं,” कमीले बताए । “हामीले माउन्ट कुमगाङमा भेटघाट गरी थप छलफल गर्ने बारेमा सोच्दैछौं ।”
इतिहासकारहरुका अनुसार, जापानी औपनिवेशिककालमा लाखौं कोरियालीलाई जापानमा जबर्जस्ती श्रमिकका रुपमा काममा लगाइएको थियो । कीमका अनुसार करिब २२०० त्यस्ता श्रमिकको अस्थिपन्जर जापानी मन्दिरहरुका आसपास रहेका छन् ।
यो अन्तर–कोरियाली परियोजना दुई कोरियाबीचको सम्बन्ध सामान्यीकरणको एउटा महत्वपूर्ण कडी पनि हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com