पाकिस्तानमा अाम निर्वाचन हुँदै , कसकाे पक्षमा अाउला नतिजा ?


प्रकाशित मिति : ९ श्रावण २०७५, बुधबार

पाकिस्तानमा आज (बुधबार) आम निर्वाचन हुँदैछ । संसदको तल्लो सदन नेशनल एसेम्बलीका २७२ सीट र चार वटा प्रदेश सभाका लागि निर्वाचन हुन लागेकाे हाे।

आतंकवाद, भ्रष्टाचार र सैनिक हस्तक्षेपका कारण कमजोर हुन पुगेकाे पाकिस्तानी लोकतन्त्रमा आज हुने निर्वाचनमा कसकाे पक्षमा नतिजा अाउला भन्ने विषय विश्वकाे लागि एक चासाे बनेकाे छ।

निर्वाचनमा प्रमुख रूपमा दिवंगत बेनेजीर भुट्टोका छोरा बिलाबल भुट्टोले नेतृत्व गरेको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) , पूर्व क्रिकेटर इमरान खानको पाकिस्तान तेहरीक ए इन्साफ र पूर्व प्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लीगबीच तीब्र प्रतिस्पर्धा हुनेछ ।

यी तीन दलमा यस पटक पूर्व क्रिकेटर इमरान खानको पार्टीले अरु पार्टीलाई पछाडी धकेल्ने निर्वाचन पूर्वका सर्वेक्षणहरूले देखाएका छन् ।

निर्वाचनकाे घोषणा भएसँगै पाकिस्तानमा भएकाे हिंसामा झण्डै दुई सय मानिस मारिएकाले मतदानका समयमा सुरक्षा प्रदान गर्नु निकै चुनौतीकाे विषय बनेकाे छ । निर्वाचनमा दश करोड ६० लाख मतदाताले मतदान गर्नै एजेन्सीहरूमा उल्लेख गरिएकाे छ।

यसअघि सन् २०१३ मा गरिएको निर्वाचनमा पाकिस्तान मुस्लिम लीग विजयी बन्दै नवाज शरीफ प्रधानमन्त्री बनेका थिए । उनी अहिले भ्रष्टाचारको मुद्दामा जेलमा छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com