अमेरिकामा लुकेका लाखौं आप्रवासीलाई देश निकाला गर्छु : ट्रम्प


प्रकाशित मिति : कार्तिक ३०, २०७३ मंगलबार

सीबीएस टिभीसँगको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित डोनाल्ड ट्रम्पले बीसदेखि तीस लाख कागजातविहीन आप्रवासीहरूलाई देशनिकाला गर्ने बताएका छन् । ‘अपराधीहरू अनि आपराधिक अभिलेख भएका, ग्याङका सदस्यहरू, लागूऔषध व्यापारीहरूलाई कि त देशबाहिर निकाल्छौं कि त देशकै कारागारमा थुन्छौं,’ सीबीएसको ‘६० मिनेट’ कार्यक्रममा बोल्दै उनले बताए, ‘उनीहरूलाई निकाल्ने नै हो किनकि उनीहरू यहाँ अवैध रूपमा बसेका छन् ।’

सिमानालाई सुरक्षित गरेपछि आप्रवासी मामिला हेर्ने अधिकारीहरूले बाँकी अवैध आप्रवासीमाथि विचार गर्ने उनले बताए ।
सीबीएस टिभीलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफू अत्यन्त भद्र मानिस भएको र राष्ट्रपतिका रूपमा राम्रो व्यवहार देखाउने बताएका छन् । ‘परिस्थिति अनुसार मेरो व्यवहार हुन्छ,’ उनले भने । यसैबीच ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा कुराकानी गरेका छन् । ट्रम्पको कार्यालयले सोमवार एक प्रेस विज्ञप्ति निकालेर यसको जानकारी गराएको हो ।

‘कलका दौरान यी दुई नेताले एकअर्काप्रति पारस्परिक सम्मान देखाउँदै दुवै देशलाई अघि बढाउन सम्बन्ध मजबुत बनाउने कुरा गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
ट्रम्प राष्ट्रपतिका रूपमा ह्वाइट हाउस छिर्नका लागि विविध कार्य गरिरहेका छन् । उनले रिपब्लिकन पार्टीका अध्यक्ष रेइन्स प्रीबसलाई ह्वाइट हाउको मुख्यसचिव बनाएका छन् भने स्टिफज ब्यानोनलाई प्रमुख रणनीतिकार र वरिष्ठ सल्लाहकार नियुक्त गरेका छन् । प्रीबसलाई नियुक्ति गर्नुको पछाडि रिपब्लिकन पार्टीसँगको सम्बन्ध सुधार्नु ट्रम्पको उद्देश्य देखिन्छ भने ब्यानोन चाहिँ घोर दक्षिणपन्थी व्यक्ति हुन् ।

यसैबीच ट्रम्पले राष्ट्रपतिका रूपमा पाउने वार्षिक ४ लाख डलर तलब नलिने घोषणा गरेका छन् । कानून अनुसार तलब लिनैपर्ने भएकाले उनले एक डलर लिने बताएका छन् । त्यसैगरी ट्रम्पले आफ्ना समर्थकहरूलाई अल्पसंख्यकमाथिको आक्रमण रोक्न आग्रह गरेका छन् । ट्रम्पको विजयपछि विशेषगरी मुसलमानहरूमाथि देशैभरि आक्रमणका छिटपुट घटना भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com