एकै परिवारका चारजना सेतीमा हाम फाले


प्रकाशित मिति : श्रावण ५, २०७५ शनिबार

डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ बस्ने बमबहादुर बोहराकी श्रीमती धौली बोहरासहित दुई छोरा र एक छोरीले सेती नदीमा हाम फालेको घटना सार्वजनिक भएको छ।

साविक महादेवस्थानको वडा नम्बर ५ मा पर्ने देहीमाण्डौका स्थायी बासिन्दा बोहराका २८ वर्षिया श्रीमती धौली बोहरा, १२ वर्षिया छोरी राधिका बोहरा, ८ वर्षिया छोरा सुरेन्द्र बोहरा र ६ वर्षिया छोरा सुनिल बोहराले सामूहिक रुपमा सेती नदीमा हाम फालेको आदर्श गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष नारायण पछेराले बताए।

६ वर्षका सुनिललाई माछा मार्दै गरेका एक व्यक्तिले बताएका छन् भने अन्य तीनजनाको खोजीकार्य जारी छ।

घटना साउन १ गते साँझ भएको भए पनि प्रहरीलाई ढिला गरी साउन ३ गते बेलुकी मात्र जानकारी भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक लालबहादुर धामीले जानकारी दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेती नदीमा माछा मार्दै गरेका मानबहादुर विकले ६ वर्षका सुनिललाई बचाउन सफल भए पनि अन्यको अवस्था भने थाहा हुन सकेको छैन। तीन जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

वडा अध्यक्ष पछेराका अनुसार केही समयदेखि ती महिलाको मानसिक अवस्था ठिक थिएन।

भारतमा काम गर्ने धौलीका श्रीमान् घर आएको १५ दिन मात्र भएको थियो। जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान र बेपत्ताको खोजी कार्य जारी रहेको जनाएको छ।

घटनास्थल डोटीको तलारा क्षेत्रमा पर्दछ। घटना स्थल पुग्न बोहराको घरदेखि ४ घण्टा पैदल हिँड्नुपर्छ।

शनिबार बिहानमात्र धौलीका श्रीमानसहितको टोली जिल्ला प्रहरी कार्यालय पुगेपछि घटनाका बारेमा जानकारी आउने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com