‘गैरआवासीय नागरिकता मात्र हैन, नागरिकताको निरन्तरता आवश्यक’ : डा भट्टराई


प्रकाशित मिति : कार्तिक २९, २०७३ सोमबार

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले विदेशमा बस्ने नेपालीहरुलाई गैरआवासीय नागरिकताले मात्र नभई नेपाली नागरिकताकै निरन्तरता आवश्यक रहेको बताउनुभएको छ ।

बेलायतको अल्डरसटमा आयोजित एक कार्यक्रममा बोल्दै डा. भट्टराईले वंशजको आधारमा नागरिकता लिइसकेको व्यक्तिले विदेशको नागरिकता लिएपनि नेपालको नागरिकता त्याग्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो – ‘नेपालको नागरिकले जहाँको नागरिकता लिएपनि उसको नेपालको नागरिकतालाई निरन्तरता पाउने व्यवस्था गर्नुपर्छ । एकपटकको नेपाली सधैको नेपाली हुन पाउने व्यवस्था संविधानमै गरिनुपर्छ ।’

अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले नेपालको बर्तमान नागरिकतामा राजनीतिक अधिकार बाहेक सिमित अधिकार सहितको गैरआवासीय नागरिकता प्रदान गर्ने व्यस्था भएपनि आफू नागरिकताकै निरन्तरताको पक्षमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामी अमेरिका बेलायत जस्ता मुलुकको नागरिकता लिइसकेका नेपालीहरुले नेपालको नागरिकताको पनि निरन्तरता पाउने व्यवस्था हुनेगरी संविधान संसोधन गर्ने पक्षमा छौं । त्यस्तो व्यवस्थाका लागि संविधान संसोधनमा आवाज उठाउनेछौं ।’

नेपालमा बस्दैमा राष्ट्रवादी भइने र विदेशमा बस्दैमा राष्ट्रघाइते नभइने भन्दै उहाँले आफूहरु सधै गैरआवासीय नेपालीको पक्षमा रहेको उहाँले बताउनुभयो । विदेशमा बस्ने नेपालीहरुले चुनावमा विदेशबाटै मतदान गर्न पाउनुपर्ने व्यवस्थाका लागि आफूहरुले आवाज उठाउने उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विदेशको नागरिकता लिएका नेपालीहरुलाई गैरआवासीय नागरिकता प्रदान गर्नुपर्ने विषयमा संविधानमा उल्लेख गर्नेमा कैयन राजनीतिक दलका नेताहरुले चासो नदिएको बखत पनि नेपालको संविधानमा गैरआवासीय नागरिकताको व्यवस्थाका लागि समेत नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईको विशेष पहल रहेको थियो । संविधानमा गैर आवासीय नागरिकताको व्यवस्थाका लागि नयाँ शक्ति नेपालका वर्तमान प्रवक्ता खिमलाल देवकोटाले पनि आवाज उठाएका थिए । राजनीतिक दलका नेताहरु गैरआवासीय नागरिकताको पक्षमा मात्र रहेपनि संविधानमा एकपटकको नेपाली सधैको नेपाली हुनेगरी नागरिकताको निरन्तरताको व्यवस्था हुन सकेको थिएन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com