विदेशबाट पुँजी ल्याउन नसके ब्याजदर घट्न सक्दैन: अर्थमन्त्री खतिवडा


प्रकाशित मिति : श्रावण ४, २०७५ शुक्रबार

अर्थमन्त्री डा युवराज खतिवडाले विदेशबाट पुँजी भित्र्याउन नसक्दा सम्म बैंकको ब्याजदर घट्न नसक्ने बताएका छन्।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा खतिवडाले भने, ‘३० खर्ब रुपैयाँको अर्थतन्त्र छ। त्यसको १५ प्रतिशत बचत हुने भनेको जम्मा चार/साढे चार खर्बको हाराहारीमा हो। त्यसमा १ सय ७२ अर्ब रुपैयाँ सरकारले नै लिन्छ। ब्याजदर जसरी बढिरहेको छ त्यसलाई नियन्त्रण गर्न हाम्रो पुँजी पर्याप्त हुँदैन। त्यसका लागि बाह्य पुँजी परिचालन गर्नुपर्छ।’

खतिबडाले नेपालमा खुलेका भारतीय संयुक्त लगानीका बैंकले भारतीय मुद्रामा ऋण ल्याई नेपालमा लगानी गर्न सक्ने बताए।

‘विगतमा पनि यता तरलता धेरै हुँदा उता पैसा लैजाने र उताबाट यता पैसा ल्याउने गरिएको थियो। हामीले बाहिर पैसा नलैजानुस्। पैसा बाहिर पार्किङ नगराउनुस् भनेका थियौँ,’ उनले भने, ‘उताबाट पैसा ल्याएर यहाँ लगानी गर्न समस्या हुँदैन। पहिलो चरणमा भारतीय संयुक्त लगानीका बैंकले भारतिय रुपैयाँमा लगानी ल्याउन सक्छन्।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुले परिवर्त्य विदेशी मुद्राका अतिरिक्त भारतीय मुद्रामा समेत आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिन सक्ने व्यवस्था गरिने घोषणा गरेको थियो।

मैद्रिक नितीले गरेको व्यवस्था बिरुद्ध सर्वोच्च अदालत परेको रिटलाई खतिवडाले वित्तीय साक्षरताको ज्ञानको अभाव भएको बताए।

उनले भने, ‘डलरमा ६ खर्ब रुपैयाँ भन्दा बढि कर्जा लिईएको अर्थतन्त्र केहि भएन भारतिय मुद्रामा कर्जा ल्याउँदा कसरी अर्थतन्त्रमा समस्या हुन्छ।’

राष्ट्र बैंकले भारतिय मूद्रामा कर्जा लिन सकिने व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो। सर्वोच्चको संवैधानिक ईजलासले राष्ट्र बैंकको उक्त नीति कार्यान्वयन नगर्न आदेश दिएको छ।

स्वदेशी पुँजीले मात्रै एक अंकको ब्याजदर कायम राख्न नसकिने भन्दै खतिवडाले त्यसको उपयुक्त विकल्प बाह्य ऋण नै भएको बताए।

खतिवडाले देशका आर्थिक परिसूचक सकारात्कम बन्दै गईरहेको भन्दै निजी क्षेत्रलाई लागानि बढाउन आग्रह गरेका थिए। उनले भने, ‘देशको आर्थिक विकासको लागि सरकारले एक तिहाई लगानी गर्ने हो। हामी एक तिहाई लगानी गर्ने सरकारको विषयमा चर्चा गर्छौ तर दुई तिहाई लगानी गर्ने निजी क्षेत्रको बारेमा छलफल गर्दै। हामी ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य निजी क्षेत्रको पनि लगानी बढ्छ भन्ने आधारमा तय गरेका हों। ‘

उनले बजेटमा आफुले रोक्ने कोसिस गर्दा गर्दै पनि अध्ययन नगरिएका आयोजना समेटिएको बताए। उनले भने, ‘मलै रोक्ने कोसिस गर्दा गर्दै त यस्तो भएको कोसिस नै नगरेको भए के हुन्थ्यो होला।’

आगामी वर्ष आर्थिक वर्षको अन्त्यमा हुने खर्चलाई निरुत्साहित गर्न सरकार लागिपरेको भन्दै बिगतका गल्ती नदोहरिने खतिवडाले दाबी गरे।

कार्यक्रममा अर्थ सचिव राजन खनाल र राजस्व सचिव शिशिर ढुगांनाले गत वर्षको बजेट खर्च र राजस्व संकलनको अवस्थाबारे जानकारी दिएका थिए.

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com