पुनःसंरचनामा विवादै विवाद


प्रकाशित मिति : कार्तिक २७, २०७३ शनिबार

स्थानीय तहको केन्द्र कहाँ राख्ने भन्ने विवाद हुँदा २ नं.प्रदेश बाहेकका ११ जिल्लाको प्रतिवेदन आयोगमा आउन सकेको छैन । प्रतिवेदन आउन बाँकी जिल्लाहरूमा स्थानीय तहको केन्द्र कहाँ राख्ने, वडा कति बनाउनेजस्ता समस्या रहेको स्थानीय तह पुनःसंरचना आयोगले जनाएको छ । विवादका कारण प्रतिवेदन आयोगमा आउन नसकेका जिल्लाहरूमा सिन्धुली, लमजुङ, पर्वत, स्याङ्जा, बागलुङ, मनाङ, नवलपरासी, रूपन्देही, मुगु, कालिकोट, र रुकुम छन् ।

उक्त जिल्लामा स्थानीय तह पुनःसंरचनासम्बन्धी व्यापक छलफल भए पनि अब बन्ने स्थानीय तहको केन्द्र कहाँ राख्ने भन्ने विवाद प्रमुख बनेको आयोगले जनाएको छ । आयोगका सदस्य माधव अधिकारीका अनुसार स्थानीय तहको केन्द्र भोलिको स्थानीय तहको सदरमुकाम हुने र हाल जिल्लामा रहेका अधिकांश सरकारी कार्यालय केन्द्रमा रहने हुँदा केन्द्र कहाँ राख्ने भन्ने तानातान भएको हो ।

प्रतिवेदन आउन बाँकी जिल्लाको समस्या पहिचान गर्दै आयोगले नियमित रूपमा ती जिल्लाका राजनीतिक दलका नेता, व्यवस्थापिका संसद्का सदस्य र प्राविधिक समितिसँग टेलिफोन र भेटेरै सम्पर्क गरी पुनःसंरचनाको कामलाई समस्यामा नपार्न आग्रह गर्दै आएको छ ।

२ नं. प्रदेशका आठ जिल्ला सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा भने स्थानीय तह पुनःसंरचनासम्बन्धी कुनै छलफल हुन सकेको छैन । उक्त जिल्लाका मधेस केन्द्रित दलहरू प्रदेशको सीमाङ्कन पुनरावलोकन नगरी स्थानीय तह पुनःसंरचनासम्बन्धी काम अगाडि बढ्न नदिने अडानमा अहिले पनि छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शुक्रबारसम्म आयोगमा ५६ जिल्लाले प्रतिवेदन बुझाएका छन् । ती जिल्लाले आयोगमा प्रतिवेदन बुझाउँदासम्म स्थानीय तहको सङ्ख्या ५१९ पुगेको छ । केही जिल्लाले बाहेक अधिकांश जिल्लाले आयोगले दिएको अधिकतम स्थानीय तहको सङ्ख्या सिफारिस गरी प्रतिवेदन आएको आयोगले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com