एम्बाप्पे र क्रोएशियाका स्टार मोडरिच आमने सामने, एम्बाप्पेको तीब्र बेग मोडरिचले राेक्लान्?


प्रकाशित मिति : ३१ असार २०७५, आइतबार

मस्कोको लुजनिकी स्टेडियममा आइतबार बेलुका २१ औं विश्वकपको उपाधि उचाल्न फ्रान्स र क्रोएशिया आमनेसामने हुँदा विश्वभरका मानिसहरुको आखाँ टेलिभिजन सेटमा अडिनेछन्।

दुई राष्ट्रहरु भने इतिहासको किताबमा आफ्नो नाम लेखाउँदै विश्व च्याम्पियन बन्ने होडमा हुनेछन्। फ्रान्स र क्रोएशियाबीच रोमाञ्चकारी हुने अपेक्षा गरिएको छ। फाइनलमा फ्रान्सका किशोर फरवार्ड केलिएन एम्बाप्पे र क्रोएशियाका स्टार मिडफिल्डर लुका मोडरिच आमने सामनेको हुँदाको क्षण हेर्न धेरै समर्थकहरु ब्यग्र प्रतिक्षामा छन्।

१) केलियन एम्बाप्पे (फ्रान्स)

१९ वर्षिया एम्बाप्पे मैदानमा उत्रदा उनको मुहार भने भयमुक्त हुन्छ भने विपक्षी खेलाडीको अनुहारमा कालो बादल मडारिन्छ। यी किशोर खेलाडीले यसअघि नै विश्वका धुरन्धर डिफेन्डरहरुलाई चिप्लाउँदै निर्णायक गोल गर्दै सनसनी मच्चाईसकेका छन्।

जारी विश्वकपका ६ खेलमध्ये ३ गोल गरिसकेका एम्बाप्पेको बिस्फोटक खेल अर्जेन्टिनाविरुद्ध अन्तिम १६ मा देखिएको थियो। उनकाे सनसनीपूर्ण प्रदर्शनको मदतमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ले पराजित गर्दै घर फर्काएको थियो। त्योसँगै उनी ब्राजिलका लिजेन्ड पेले (१९५८) पछि किशोर उमेरमा एउटै विश्वकपमा दुई भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्।

जारी विश्वकपमा एम्बाप्पेले प्रभाव नपारेको फ्रान्सको कुनै खेल छैन्। उनको अविश्वसनीय तीव्र गति र ड्रिबलिङ शैली र बललाई नियन्त्रण गर्ने खुबीको अगाडि क्रोएशियाली स्टार मिडफिल्डर लुका मोडरिच खडा हुँदा उनी कसरी अगाडि बढ्छन्? त्यो भने हेर्न लायक हुनेछ।

२) लुका मोडरिच (क्रोएशिया)

रियल म्याड्रिडबाट क्रोएशियाका कप्तान लुका मोडरिचले पाँच वर्षमा चार च्याम्पियन्स लिग जितीसके। जसले उनलाई विश्वका एक उत्कृष्ट मिडफिल्डर बनायो। तर, विश्वकप पछि भने उनले थप नयाँ उचाई हासिल गरे। ३२ वर्षिया यी खेलाडी यस विश्वकपका ६ खेलमा तीन चोटी म्यान अफ द म्याच भैसकेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

टोलीलाई आत्मविश्वासी बनाउँदै अघि बढ्ने उनको नेतृत्व क्षमता अन्तिम १६ मा डेनमार्कविरुद्ध देखिएको थियो। उनी पेनाल्टी चुके पनि कत्ति अतालिएनन् अगाडि बढे र पुनः पेनाल्टी सुटआउटमा डेनमार्कविरुद्ध निर्णायक पेनाल्टी पराजित गर्दै टोलीलाई फाइनलतर्फ डोर्याएका थिए।

फाइनलमा उनको आँखा सटिक पाससँगै गोलमा हुनेछ। क्रोएशियाको मिडफिल्डलाई हरेक कुरो चुस्त बनाएका मोडरिचको शान्त, नियन्त्रित र प्रेरणादायी आकँडालाई फाइनलमा एम्बाप्पेको गतिले कति चुनौती देला त्यो भने खेल सुरु भएपछि थाहा हुनेछ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com