देउवा-ओलीबीच यस्तो सहमति, अब के हुन्छ ?


प्रकाशित मिति : कार्तिक २७, २०७३ शनिबार

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच संविधान संशोधनका विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा दुई नेताबीच कुनै सहमति भने भएन । भेटपछि कांग्रेस सभापति देउवाले भने, ‘संविधान संशोधनका विषयमा छलफल भयो, कुराकानी सकारात्मक छ ।’

एमाले अध्यक्ष ओलीले भने राष्ट्रिय हितमा तलमाथि नहुने गरी संशोधन प्रस्ताव आउँदा एमाले नकारात्मक नहुने बताए । ‘राष्ट्रिय हितका निम्ति प्रस्ताव आउँदा एमाले नकारात्मक हुनुपर्ने कारण छैन,’ भेटपछि ओलीले सञ्चारकर्मीसँग भने ।मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकारले कात्तिक मसान्तभित्र संविधान संशोधन प्रस्ताव संसद्मा दर्ताको तयारी गरेको छ ।

सहमतिका लागि प्रमुख दलका शीर्ष नेताहरूबीच नियमित छलफल भइरहेको छ । यसअघि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग संविधान संशोधनबारे छुट्टाछुट्टै छलफल गरेका थिए ।

तीन दलको बैठक हुने

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संविधान संशोधनका विषयमा छलफल गर्न शीर्ष तीन दलबीच बैठक गर्ने देउवा र ओलीबीच सहमति भएको नयाँ पत्रिकामा खबर छ । ‘अब संविधान संशोधन गर्दै निर्वाचनमा लाग्न ढिलाइ गर्न हुन्न भन्ने विषयमा कुराकानी भएको छ,’ देउवाका सहयोगी भानु देउवाले भने, ‘संविधान संशोधनका लागि अब प्रमुख तीन दलबीच छलफल गरेर सहमतिमा जाने कुरा छ । यसका लागि छिटै तीन दलको बैठक बोलाउने भन्ने भएको छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com