ओली सरकार बिरुद्ध काँग्रेस आक्रमक, विश्वप्रकाशको यस्तो कडा चेतावनी


प्रकाशित मिति : असार २१, २०७५ बिहीबार

बुधबार मध्यरातमा केपी शर्मा ओली नेतृत्वको सरकारले देउवा सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने भनी गरेको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

सरकारको यस निर्णयविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदन र सडकमा विरोध गर्ने भएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भदौ १४ पछि देउवा सरकारले गरेका निर्णय बदर गर्ने मन्त्रिपरिषदको निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको बताए । बदनियतपूर्ण तवरले राजनीतिक पूर्वाग्रहको आधारमा गरेका निर्णयविरुद्ध कांग्रेस जनतामाझ जाने शर्माको भनाइ छ ।
सरकारको यस निर्णयविरुद्ध गरिने कार्यक्रमबारे आज दिउँसो तीन बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने शर्माले बताए ।

सरकारले बुधबार मध्यरातमा गरेको निर्णयप्रति शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘शेरबहादुर देउवा जननिर्वाचित व्यवस्थापिका संसदबाटै निर्वाचित प्रधानमन्त्री भएको, उहाँको मन्त्रिपरिषदले आचारसंहिताका बेलामा भएको आवश्यक नियुक्ति पनि निर्वाचन आयोगको सहमतिमा भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसरी कानुनसम्मत् तरिकाबाट निश्चित अवधिका लागि गरिएको नियुक्ति बदर गरिनु कानुनी व्यवस्थाको खिलापमा भएकोले सरकारको यो निर्णयको नेपाली कांग्रेस निन्दा गर्दछ ।’

शर्माद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस्ता निर्णयले कानुनी शासनको आधारशिलामाथि आक्रमण गर्दै कानुनी राज्यको अवधारणालाई कमजोर बनाउने स्पष्ट मनसाय यो सरकारले देखाएको छ । नेपाली कांग्रेस पार्टी सरकारको यो गैरकानुनी निर्णयको विरोध गर्दै सो निर्णय तत्काल फिर्ता लिन माग गर्दछ ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com