करेन्ट लागेर ज्यान गुमाएका युवाहरुको सामूहिक अन्त्येष्टि


प्रकाशित मिति : असार २१, २०७५ बिहीबार

करेन्ट लागेर ज्यान गुमाएका युवाहरुको सामूहिक अन्त्येष्टि ! पुरा गाउँ मलामी थामिएन आँसु ..पूरा हेर्नुहोस

डोटी – करेन्ट लागेर ज्यान गुमाएका डोटीको आदर्श गाउँपालिका –१, चासीगाउँका चार जना युवाहरुको सामूहिक अन्त्येष्टि गरिएको छ ।

मृतकहरु चारै जना एकै गाउँका भएकाले सामूहिक अन्त्येष्टि गरिएको स्थानियबासी राजेन्द्रबहादुर खड्काले बताउनुभयो ।

ढिलो गरी पोष्टमार्टम गरिएकाले उनिहरुको बुधबार साँझ दिपायलस्थित सेती नदीको बासुधारमा अन्त्येष्टि गरिएको हो । मंगलबार स्थानीय जयबहादुर खड्काको मिल नजिक रहेको विद्युत पोल उखेलेर नयाँ ठाउमा गाड्ने क्रममा करेन्ट लागेर स्थानीय ४ जना युवाहरुको घटनास्थलमै ज्यान गएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

करेन्ट लागेर ज्यान गुमाउनेमा ३० वर्षीय जयबहादुर खड्का, २३ वर्षीय लोकेन्द्र खड्का, ३५ वर्षीय दिपु खड्का र १९ वर्षीय विरेन्द्र खड्का रहेका छन् ।करेन्ट लागेर घाइते भएका बमबहादुर खड्काको दिपायलस्थित शैलेस्वरी अस्पतालमा उपचार भैरहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com