कृषि उत्पादनबाट वार्षिक १५ लाखसम्मको आय गर्दा कर छुट दिनुपर्ने माग


प्रकाशित मिति : असार २०, २०७५ बुधबार

प्रदेश नं ३ को आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारको तर्फबाट ‘आर्थिक विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव गर्नुभयो ।

उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले प्रदेशमा गरिबीको रेखामुनि रहेका प्रत्येक कृषक परिवारले कृषि उत्पादनबाट वार्षिक रु १५ लाखसम्मको आय गर्दा कर छुट दिनुपर्ने सुझाव दिनुभयो ।

बृहत् पशुपालन र कृषि उत्पादनको फार्म सञ्चालन गर्ने व्यवसायीलाई कर दायरामा ल्याउन पनि उहाँहरुले माग गर्नुभयो ।

सदस्यहरुले घरजग्गा बहाल कर र उद्योगबाट उत्पादित सिमेन्टलगायत अन्य वस्तुको अन्तःशुल्क शीर्षकमा करको दायरालाई फराकिलो पारी राजश्व वृद्धि गर्न सुझाउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विभिन्न फर्म, उद्योग र विज्ञापन एजेन्सीलाई एकद्वार प्रणालीमार्फत विज्ञापनको कारोबार गर्न आर्थिक ऐन ल्याउनु पर्ने र विज्ञापन गर्दा ठूलो एजेन्सीमार्फत मात्र विज्ञापन प्रकाशित गर्नुपर्ने प्रवाधान राखिँदा विज्ञापन एजेन्सीलाई करको दायरामा ल्याउन सजिलो हुने उहाँहरुको सुझाव थियो ।

सार्वजनिक क्षेत्रमा सञ्चालनमा रहेका सवारी साधनलाई समयानुकूल सेवामा सुधार गरी सर्वसाधारणलाई सुविधा उपलब्ध गराउन प्रदेश सरकारले नयाँ रणनीति अपनाउनु पर्ने सुझाव दिँदै सदस्यहरुले सार्वजनिक सवारीलाई करको दायरामा ल्याउँदा सर्वसाधारणलाई मर्का नपर्ने गरी कर निर्धारण गरिनुपर्ने बताउनुभयो ।

सदस्यहरु सरेश नेपाल, डा राजाराम कार्की, शोभा शाक्य, सिर्जना सैंजु, सुरेशराज गोसाई, रीता माझी, पुकार महर्जन, ओमबहादुर घलान, नरोत्तम वैद्य, केशवप्रसाद पोखरेल, राधा घले र एकनाथ दाहालले विधेयकमाथिको छलफलमा भाग लिनुभएको थियो । प्रदेशसभाको अर्को बैठक भोलि बिहीबार अपराह्न ३ बजे बस्नेछ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com