अमेरिकी सरकारी वेवसाइट भन्छ – ‘चुनावी नतिजा आश्चर्यजनक’


प्रकाशित मिति : कार्तिक २५, २०७३ बिहीबार

अमेरिकाको सरकारी वेवसाइटले नै अमेरिकाको राष्ट्रपतीय चुनावको नतिजा आश्चर्यजनक रहेको बताएको छ ।

अमेरिकी सरकारको विदेशमन्त्रालय अन्तरगत ब्यूरोअफ इन्टरनेशनल इन्फर्मेशन प्रोग्रामले संचालन गरेकोशेयर अमेरिका डट गभ वेवसाइटले लेखेको छ – ‘उनको (ट्रम्प) विजय धेरैका लागि आश्चर्यका रुपमा आएको छ । हिलारी क्लिन्टन अमेरिकी राष्ट्रपतिको चुनावमा लड्ने अहिलेसम्मकै सबैभन्दा तयारीका साथ आउने मध्येकी उम्मेदवार रहेको स्वीकारिएको थियो । उनी ह्वाइटहाउसका लागि अपरिचित थिइनन् । जब उनका पति बिल क्लिन्टन अमेरिकी राष्ट्रपति थिए, त्यतीबेला उनले ८ बर्ष ह्वाइटहाउसमा बिताइन् । उनका पतिको कार्यकाल समाप्त भएपछि उनी पहिलो प्रथम महिलाका रुपमा सन् २००० मा सिनेटरका रुपमा चुनाव जितिन् ।’

वेवसाइटमा भनिएको छ – ‘उनले सन् २००९ देखि २०१३ सम्म विदेशमन्त्री रहेको बखत १ सय १२ देशको भ्रमण गरेकी थिइन् । र यो बर्ष उनी अमेरिकाको प्रमुख दलबाट राष्ट्रपतिको उम्मेदवारका रुपमा छनौट भएकी पहिलो महिला थिइन् ।’

यसबारे सम्बन्धित सामाग्री अँग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारी वेवसाइटमा हिलारीको पराजयलाई ऐतिहासिक प्रयासको अन्त्य भएको बताइएको छ । वेवसाइटमा भनिएको छ – ‘रियल स्टेटका व्यक्तित्वले अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनलाई पराजित गरेका छन्, जोसँग अमेरिकाको पहिलो महिला राष्ट्रपति हुने आशा थियो ।’

यसअगाडि पनि जर्ज डब्लु बुस, जिम्मी कार्टर लगायतका राष्ट्रपतिको पृष्ठभूमी ब्यापारिक नै रहेको तर उनीहरु भने ब्यापार छाडेर राजनीतिमा आएपछि राष्ट्रपति भएको जनाइएको छ । वेवसाइटमा भनिएको छ – ‘सिधा कर्पोरेट अफिसबाट ओभल अफिसमा जाने ट्रम्पमात्र पहिलो हुन् ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com