बाढीले बगायो चारजना विद्यार्थी, एकको मृत्यु, एक बेपत्ता, दुईको उद्धार, यस्तो छ देशभरको अवस्था


प्रकाशित मिति : असार १८, २०७५ सोमबार

आइतवार रातिदेखि परिररहेको अविरल वर्षाका कारण पर्सागढी नगरपालिकास्थित पन्थी नदीमा आएको बाढीले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ । अर्का एक विद्यार्थी बेपत्ता भएका छन् । दईजनाको उद्धार गरिएको छ ।

पर्सागढी नगरपालिका–४ मा रहेको पन्थी नदीमा आएको बाढिले सोमबार बिहान चारजन विद्यार्थीलाई बगाएको थियो । जसमा एकजनाको मृत्यु भएको छभने अर्का एकजना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । बाढीले बगाएर पर्सागढी नगरपालिका–४ की १५ वर्षीया प्रतिमा रामको मृत्यु भएको हो । बगाएका पर्सागढी–८ का १५ वर्षीय सुरेन्द्र महतोको अवस्था अज्ञात छ ।

त्यसैगरी बाढिले बगाएका त्यही गाउँकी १५ वर्षीया संगीता चौरसिया र १५ वर्षीय सुमन पासवानको भने स्थानीयले उद्धार गरेका छन् । उद्धार गरिएकामध्ये घाइते संगीतालाई उपचारका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको पर्साका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । उद्धार गरिएका सुमनको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक थापाले
बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पर्सागढी नगरपालिका–४ बर्वाछटौलीमा रहेको नेपाल राष्ट्रिय आधारभूत उच्च माविमा सोमबार बिहान परीक्षा दिएर घर फर्कँदै गरेका उनीहरुलाई पन्थी खोलाको बाढीले बगाएको थियो । विद्यालयबाट एकैसाथ घर फर्किरहेका चार विद्यार्थीलाई बाढीले बगाएपछि माछा मारिरहेका स्थानीयले उद्धार गरेको पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवले बताए । बेपत्ता सुरेन्द्रको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।

सदरमुकाम वीरगन्जबाट पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल र प्रहरी उपरिक्षक रेवती ढकालसहितको टोली घटनास्थलतर्फ गएको थियो । तर ठाँउ ठाँउमा आएको बाढीले घटनास्थलसम्म उक्त टोली पुग्न नसकेर बाटोमै रोकिएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com