एक लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा


प्रकाशित मिति : असार १६, २०७५ शनिबार

सिरहाबाट एक लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा गएका छन् ।
जिल्लामा सुरक्षित आप्रवासनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका जिल्ला समन्वय समिति÷सूचना तथा परामर्श केन्द्रले आज सिरहामा आयोजना गरेको पत्रकार सम्मेलनमा विगत सात वर्षको अवधिमा यहाँबाट एक लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा गएको जनाएको छ ।

आव ०६७÷०६८ देखि हालसम्म यो जिल्लाबाट एक लाख आठ हजार ७१९ युवा वैदेशिक रोजगारीमा गएका छन् । तीमध्ये एक लाख आठ हजार ५१६ पुरुष र २०३ महिला रहेको सामी परियोजनाका जिल्ला संयोजक कविरकुमार चौधरीले जानकारी दिएका छन ।

उनका अनुसार आव ०६७÷०६८ देखि ०७४÷०७५ को वैशाखसम्ममा यो जिल्लाबाट वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढी ४० हजार ३८७ जना कतार, ३० हजार ६५८ जना साउदी र २५ हजार ५६८ जना मलेसिया रहेका छन् ।

सामी परियोजनाअन्तर्गत सञ्चालित सूचना परामर्श केन्द्रबाट तीन वर्षको अवधिमा वैदेशिक रोजगारीका लागि जिल्लाबाट ६५ जनाले निःशुल्क सीप सिकेर तथा १२ हजार ५६९ जनाले निःशुल्क सूचना तथा परामर्श लिएर वैदेशिक रोजगारमा गएको संयोजक चौधरीले बताएका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै वैदेशिक रोजगारको क्रममा मृत्यु भएका ३३ जनाको शव जिल्लासम्म ल्याउन सकिएको र तीमध्ये चालू आर्थिक वर्षमा २१ जनाको परिवारलाई रु दुई करोड ५६ लाख १० हजार १९३ क्षतिपूर्ति उपलब्ध गराउन सफल भएको उनले जानकारी दिए ।

सिरहाबाट वैदेशिक रोजगारीमा जानेमध्ये करीब पाँच प्रतिशत मात्र दक्ष भएर जाने गरेकाले वैदेशिक रोजगार चुनौतीपूर्ण बनेको परियोजनाको ठहर छ ।

सो अवसरमा जिल्ला समन्वय समिति सिरहाका संयोजक रामचन्द्र ठाकुरले स्वदेशमै कुनै सीप अथवा जानकारी लिएर वैदेशिक रोजगारीमा गएमा युवाले दुःख नपाउने विश्वास व्यक्त गरे ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com