घुससहित इञ्जिनियर पक्राउ


प्रकाशित मिति : असार १६, २०७५ शनिबार

बाँके – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाँकेमा एकजना प्राविधिकलाई सेवाग्राहीसँग घुस लिंदै गरेको अवस्थामा शुक्रबार पक्राउ गरेको छ ।

बैजनाथ गाउँपालिकाका इञ्जिनियर मजिद खाँलाई अख्तियारको टोलीले २५ हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो ।

बैजनाथ गाउँपालिका वडा नं. ८ मा माटो पटान तथा ग्राभेल सडक निर्माण कार्यको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरीको आधारमा आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले पक्राउ गरेको अख्तियारले जनाएको छ ।

खाँलाई बाँकेको कोहलपुर नगरपालिका वडा नं. ४ मदनचोकमा रहेको सार्वजनिक प्रतिक्षालयबाट घुससहित रंगेहात नियन्त्रणमा लिइएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पक्राउ गरिएका खाँका विषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com