विश्वकपमा नेपालीले दैनिक एक अर्बको ‘बाजी’ राख्ने गरेकाे खुलासा


प्रकाशित मिति : असार १६, २०७५ शनिबार

काठमाडौ । रसियामा जारी विश्वकपमा हारजितकाे सन्दर्भलार्इ लिएर नेपालमा सट्टेबाजी माैलाएकाे छ। विश्वभरका दर्शक टेलिभिजनमा खेल हेर्दै मन परेको टिम र खेलाडीलाई समर्थन गरेर रमाइलो गरिरहेका हुन्छन् तर, कतिपयले यसलाई जुवा खेल्ने खेलाउने मौकाको रूपमा समेत प्रयोग गरिरहेका छन्।

नेपालमा पनि विश्वकप खेलमाथि दैनिक एक अर्बभन्दा बढी रूपैयाँको बाजी लाग्ने गरेको नयाँ पत्रिकामा समाचार छ। काठमाडौं ललितपुर, पोखरा, धरान, वीरगञ्ज, विराटनगरजस्ता ठूला शहरमा सट्टेबाजी धन्दा माैलाइरहेकाे छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com