अर्जेन्टिना नकआउट चरणमा पुग्ने संभावना कति ?


प्रकाशित मिति : असार १२, २०७५ मंगलबार

विश्वकप फुटबलमा मंगलबार धेरैका लागि बहुप्रतीक्षित दिन हो। साविक विश्वकप उपविजेता अर्जेन्टिना नकआउट चरणमा पुग्ने या समूह चरणबाटै बाहिरिने त्यसको टुंगो आज राती लाग्ने खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

प्रतियोगितामा समूह डीबाट क्रोएसिया नकआउट चरणमा प्रवेश गरिसकेको छ भने अर्को सहभागीताका लागि नाइजेरिया, आइसल्याण्ड र अर्जेन्टिना तीनै टिमको सम्भावना रहेकाले मंगलबारको खेल महत्वपूर्ण हुनेछ।

अर्जेन्टिना अहिले निकै कठिन अबस्थाको सामना गरिरहेको छ। आइसल्याण्डसँग बराबरी खेलेको तथा दोश्रो खेलमा क्रोएसियासँग पराजित भएकाले अर्र्जेन्टिनाको नकआउट प्रवेश संकटमा परेको हो।

दुई खेलमा एक बराबरीका कारण एक अंक मात्र भएकाले अर्जेन्टिना मंगलबार नाइजेरियालाई हराउँनै पर्ने दवाबमा छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नकआउट प्रवेशका लागि अर्जेन्टिनाले नाइजेरियालाई पराजित गर्नुपर्ने छ भने अर्को खेलमा क्रोएसियाले आइसल्याण्डलाई पराजित गरे अर्जेन्टिनालाई सहज हुनेछ।

तर, क्रोयसियालाई आइसल्याण्डले हराए अर्जेन्टिनालाई फराकिलो स्कोरको जित आवश्यकता पर्नेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com