प्रधानमन्त्री केपी ओली बेइजिङमा (फोटोफिचर)
प्रकाशित मिति : असार ५, २०७५ मंगलबार
प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा आज चीनको राजधानी बेइजिङ आइपुग्नुभएको छ ।
चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आउनुभएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।
बेइजिङ उत्रेपछि प्रधानमन्त्री ओली यहाँस्थित नेपाली दूतावासले उहाँको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सहभागी हुनुभयो ।