प्रहरीमा महिलालाई ५० प्रतिशत आरक्षण दिने तयारीः मुख्यमन्त्री


प्रकाशित मिति : असार २, २०७५ शनिबार

मुस्लिम धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व इद उल फित्रअर्र्थात् इद पर्व पर्सामा धुमधामले मनाइँदै छ ।

एक महिना लामो कठिन रमजान व्रत समापनका अवसरमा मनाइने यो पर्वमा मुस्लिम धर्मावलम्बीले आज बिहान जिल्लामा रहेका इदगाह, मस्जिदलगायतका पवित्र स्थानमा पुगी इदको नमाज पढेर एकअर्र्कासंग इदको शुभकामना अदानप्रदान गरेका थिए ।

यसै क्रममा इदको नमाज पढ्न पर्साको जगरनाथपुर गाउँपालिकास्थित इदगाहमा पुग्नुभएका प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले रासससंग भन्नुभयो, “यो पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी दिगो शान्तिसहित सामाजिक आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गर्न सकोस् । ”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रदेश सरकारले थालनी गरेको ‘बेटी पढाइ बेटी बचाइ’ अभियान अब प्रदेश सरकारको मात्र नभई यसलाई समाजले आत्मसात् गरेकाले यो सफल हुने विश्वास व्यक्त गर्दै मख्यमन्त्री राउतले यो अभियानका लागि प्रदेश नं २ का स्थानीय तहले बजेट विनियोजन गरेको र समाजले पनि यसलाई सफल बनाउन स्वःस्र्फुतरुपमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकाले अब यो जनताको अभियान बन्दै गएको बताउनुभयो ।

उहाँले यो अभियानलाई अझै प्रभावकारी बनाउन प्रदेश सरकारले ल्याउन लागेका प्रहरी ऐनमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गर्न लागिएको जानकारी दिदैं शान्ति सुरक्षा कायम राख्न महिलाहरु सक्षम छ भन्नुभयो ।

मुख्यमन्त्री राउतले पढेलेखेका महिलालाई प्रदेशको उच्च ओहदासम्म पु¥याउन प्रदेश सकारले आरक्षणको व्यवस्थासमेत गर्न लागिएको बताउनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com