फुटबलर क्रिष्टयानो रोनाल्डोमाथि २ वर्ष जेल सजाय


प्रकाशित मिति : असार २, २०७५ शनिबार

चर्चित फुटबलर क्रिष्टयानो रोनाल्डोमाथि कर छलीको अभियोगमा २ वर्ष जेल सजाय हुने भएको छ । रोनाल्डोमाथि दुई वर्ष जेल सजाय र १८ दशमलव ८ मिलियन युरो तिराइने भएको खुलासा स्पेनिस पत्रिका इल मुन्डोले शुक्रबार गरेको छ । रोनाल्डो पोर्चुगाली राष्ट्रिय टोलीका कप्तान हुन् भने रियल म्याड्रिडबाट व्यावसायिक खेल खेल्छन् ।

जरिवाना तिरे रोनाल्डोले जेल जानुपर्ने सम्भावना कम हुनेछ । स्पेनिस कानून अनुसार कुनै व्यक्तिले २ वर्षभन्दा कम जेल सजाय हुने अपराध गरेको खण्डमा सुध्रने अवसर पाउँछ ।

३३ वर्षका रोनाल्डोमाथि १४ दशमलव ७ मिलयन युरो कर छलेको अभियोग छ । यद्यपी, उनका एजेन्टले यो अभियोग अस्विकार गर्दै आएका छन् । रोनाल्डोले आजको स्पेनविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

रोनाल्डोको तर्फबाट यस विषयमा तत्काल कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । यसअघि बार्सिलोनाका लियोनल मेसीमाथि सन् २०१७ मा २१ महिनाको जेल सजाय सुनाइएको थियो । उनले स्पेनिस कानून अनुसार जरिवाना तिरेकाले जेल जानु परेको थिएन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com