देशैभर हिलोसहितको वर्षा


प्रकाशित मिति : असार २, २०७५ शनिबार

भारतका विभिन्न प्रदेशको प्रदूषणका कारण नेपालमा पनि हिलोसहितको वर्षा भएको छ।

देशैभर परिरहेको पानीमा हिलो आएको मौसमविद् वरुण पौडेलले जानकारी दिए। नेपालगञ्जज, बुटवल, वीरगञ्ज, पोखरा, विराटनगर र काठमाडौंसहित देशैभर हिलोसहितको वर्षा भएको हो। भारतको राजस्थान र नयाँ दिल्ली सहित विभिन्न प्रदेशमा उत्पन्न भएको प्रदूषण हावाको माध्यमबाट हिमालयको नजिक आएको र पानीसँगै जमिनमा झरेको पौडेलले बताए। भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँको हावा मानव स्वास्थ्यका लागि अत्यन्तै विषाक्त तथा हानिकारक छ। अहिले पनि धुलो सहितको प्रदूषणले देशैभर मौसम धुम्मिएको छ।

चिकित्सकले नेपालमा आज पनि पानीसँगै हिलो पर्नसक्ने भन्दै यसबाट बच्न सुझाव दिएका छन्। धुलोमा रासायनिक पदार्थको समेत मिश्रण भएकाले मानव स्वास्थ्यलाई हानि गर्ने उनीहरूको भनाइ छ। नेपालको पहाडी क्षेत्रका कतिपय ठाउँमा वर्षायाममा संकलन गरिएको पानी खानेपानीका रूपमा प्रयोग गर्ने चलन छ।

शुक्रवारदेखि आइतबारसम्मको पानी प्रयोग नगर्न मौसमविद् पौडेलले सुझाव दिनुभयो। आइतबारदेखि वायुमण्डल सफा हुने अनुमान गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com