उत्तर कोरियाबाट परमाणु खतरा टरेकाे भन्दै ट्रम्पद्वारा संयुक्त शैन्य अभ्यास रद्द, पूर्वी एसियामा तरंग


प्रकाशित मिति : जेष्ठ ३१, २०७५ बिहीबार

सिंगापुरमा भएकाे ‘ऐतिहासिक’ वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया अब परमाणु खतराको रूपमा नरहेको घोषणा गरेका छन्।

उत्तर काेरियाली नेता किम जङ उनसँगको शिखर वार्तापश्चात् उनले ट्वीट गर्दै अब सबैले सुरक्षित महसुस गर्न सक्ने बताएका छन्।

मङ्गलबार भएको बैठकको उपलब्धीबारे कतिपय पूर्व अमेरिकी कूटनीतिज्ञहरूले भने आशंका व्यक्त गरेका छन्। कैयौं कूटनीतिज्ञ तथा राष्ट्रपति ट्रम्पका विपक्षी राजनीतिज्ञहरूले उक्त बैठकमा भएको सहमतिले उत्तर कोरियाको अस्त्रभण्डार कम गराउनेबारे आशंका व्यक्त गरेपछि ट्रम्पले उक्त प्रतिक्रिया दिएका हुन्।

खासगरी उनले दक्षिण कोरियासँग हुने गरेको संयुक्त सैन्य अभ्यास तत्कालका लागि रद्द गरिदिएपछि पूर्वी एसियामा विविध आशंका पैदा भएका थिए। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ सोही विषयबारे छलफल गर्न हाल दक्षिण कोरिया पुगेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आफ्ना सहयोगी देशहरूलाई उसको सुरक्षा प्रतिबद्धताहरूमा कुनै विचलन नआउने भनी आश्वस्त पार्ने प्रयास गरिरहेको छ।

ती सैन्य अभ्यास रद्द गर्ने घोषणा गरेर ट्रम्पले उत्तर कोरियाका निम्ति ठूलो छुट दिएको तर आफ्ना क्षेत्रीय सहयोगी राष्ट्रहरूलाई आश्चर्यचकित पारिदिएको ठानिएको छ।

यसबीच उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले नेता किमले राष्ट्रपति ट्रम्पले अमेरिका भ्रमणका लागि दिएको निम्तो स्वीकारेको जनाएका छन। साथै सम्बन्ध सुध्रिएपछि उसमाथि लगाइएका आर्थिक प्रतिबन्ध हटाइने आश्वासन समेत ट्रम्पले दिएको तिनले जनाएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com