ज्यानको बाजी राखेर तुइनबाटै त्रिशुली नदी वारपार गर्न बाध्य


प्रकाशित मिति : जेष्ठ २७, २०७५ आईतबार

२०७२ सालमा प्रधानमन्त्रीको पदभार सम्हाल्दै गर्दा केपी शर्मा ओलीले दुई वर्षभित्र नेपाललाई तुइनमुक्त बनाउने निर्णयमा पहिलो हस्ताक्षर गरेका थिए । तर त्यसको तीन वर्ष पुग्दा पनि घ्याल्चोकका स्थानीयहरुले तुइनको विकल्प पाएका छैनन् ।

ज्यानको बाजी राखेर उनीहरु तुइनबाटै त्रिशुली नदी वारपार गर्न बाध्य छन् । उत्पादित कृषि उपजलाई बजारसम्म पुर्‍याउन पनि तुइनकै भर पर्नुपर्ने बाध्यता छ ।
‘यहाँ खेति नगर्ने कोही छैनन्, सिजन अनुसारको सबै तरकारी हुन्छ,’ स्थानीय शैलेश रेग्मीले भने, ‘तर, उत्पादन भएको तरकारी बजारसम्म पुर्‍याउन तुइनको विकल्प छैन ।’

उनी ‘२०७४ साल असार मसान्तपछि कतै तुइन भेट्नुभयो भने फोटो खिचेर सिंहदरबारमा ल्याउनुहोला’ भनेर ओलीले भनेको सम्झँदै तुइनमै यात्रा गर्छन् ।

अर्का स्थानीय गणेशमान श्रेष्ठले तुइनको यात्रामा दुर्घटनाको जोखिम अत्यधिक हुने गरेको बताए । ‘केही बर्षअघि तुइनबाट दुई जना मान्छे खसे । बाँच्न त बाँचे तर अपाङ्ग छन्,’ उनले भने, ‘चढ्दा औंला काटिने, भाँचिने त सामान्य जस्तै भइसक्यो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थानीयलाई त्रिशुली नदी वारपार गराउन ७० बर्षीय वृद्ध शुक्रबहादुर चेपाङ तुइन तान्ने गर्छन् । तर, बुढ्यौली शरीरका कारण उनले धेरै बल लगाउन सक्दैनन् । तुइनमा चढ्नेहरु आफैं लठ्ठामा झुण्डिएर तान्न सहयोग गर्नुपर्छ ।

‘लठ्ठा तान्दा हातभरि ठेला उठ्छ, फेरि गर्मीको बेला तातेर समाउन पनि सकिँदैन,’ स्थानीय भगवती श्रेष्ठले भनिन् ।

पारी जान केही सहज भए पनि आउँदा उकाले पर्ने भएकाले सकस हुने उनको भनाइ छ । श्रेष्ठका अनुसार जाँदा पाँच मिनेट लाग्छ भने आउँदा करिव २५ मिनेट । ‘आउँदा उकालो छ, ठाउँ-ठाउँमा रोकिँदै आराम गर्दै आउनुपर्छ,’ उनी भन्छिन्, ‘नदीको बिच भागको माथि रोकिँदा डर लागेर मुटुले ठाउँ नै छाड्छ ।’

यसअघि २०३२ सालमा गाउँदेखि केही माथि रहेको चाइना तुइनबाट स्थानीयहरु आवतजावत गर्थे । तर २०६७ सालमा तुइन नदीमा खसेपछि तुइनमा चढेका केही व्यक्तिको ज्यानसमेत गयो । लगत्तै झोलुङ्गे पुल निर्माण भयो ।

तर, घ्याल्चोकका स्थानीयहरुलाई भने पायक परेन । ‘त्यो पुल तरेर गएपछि हाइवेको बाटो हिँडेर फेरि यता र्फकनुपर्ने भएकाले आधा घण्टा बढि लाग्छ । फेरि भारी बोकेर हाइवेमा हिँड्दा गाडीले हान्देला भन्ने पनि डर हुन्छ,’ श्रेष्ठले भने ।

गोरखाको गण्डकी गाउँपालिका-८ घ्याल्चोक र धादिङको रोराङ गाउँपालिका चरौदी जोड्ने यो तुइन उत्पादित कृषि उपजसँगै स्थानीयहरुलाई आवतजावतमा सहयोग पुर्‍याउने उद्देश्यले २०६७ सालबाट सञ्चालनमा आएको हो । यहाँ पुल निर्माण भइदिए आउजाउमा सहज हुने स्थानीयले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com