रानाथारु समुदायकै पहिलो डाक्टर, यज्ञवती


प्रकाशित मिति : जेष्ठ २७, २०७५ आईतबार

कैलालीकी यज्ञवती राना रानाथारु समुदायमै पहिलो डाक्टर बन्न सफल भएकी छन् ।

धनगढी उपमहानगरपालिका वडा ८ की यज्ञवती राना समुदायकै पहिलो डाक्टर बन्न सफल भएकी हुन् ।

बंगलादेशको राजधानी ढाकास्थित कुमुदीनी महिला मेडिकल कलेजबाट एमवीवीएस कोर्स सकाएपछि उनी नामको अघाडी डा. थपी समुदायमै पहिलो डाक्टर बनेकी हुन् ।

२५ वर्षीया डा. रानाले धनगढीमा रहेको एरिष्टो स्कुलबाट आफ्नो पढाई सुरु गरेकी थिईन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेबिलोन नेशनल स्कुल काठमाडौबाट प्रथम श्रेणीमा एसएलसी उतिर्ण गरेकी उनले पेन्टागन इन्टरनेशनल कलेज काठमाडौंबाट प्लस टु पास गरेकी थिईन् ।

डा. राना प्रदेश नं. ७ का प्रदेशसभा सदस्य तथा राष्ट्रिय जनता पार्टी नेपालका, वरिष्ठ उपाध्यक्ष मालामती राना र किसान भज्जी रानाका सात सन्तान मध्ये चौथो सन्तान हुन् ।

सानैदेखी डाक्टर बन्ने सपना बुनेकी उनले पढाइ सकेर डाक्टर बनिसकेपछि अब नेपालमै बसेर बिरामीको सेवा गर्ने इच्छा रहेको बताएकी छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com