आन्दोलनमा उत्रिन विद्यार्थीलाई बाबुरामको आव्हान


प्रकाशित मिति : जेष्ठ २७, २०७५ आईतबार

नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संविधानमा व्यवस्था गरिएको शिक्षा र स्वास्थ्य सम्बन्धी मौलिक हकलाई लागू गराउन तत्काल कानून निर्माण गर्न सरकारलाई दवाव दिएका छन् ।

संयोजक भट्टराईले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई लागू गर्न कानून निर्माण गर्न सरकारलाई दवाव दिएका हुन् ।

उनले विद्यार्थी संगठनहरुलाई शिक्षा र स्वास्थ्य सम्बन्धी मौलिक हकलाई लागू गराउन दवाव आन्दोलन सुरु गर्न पनि आहृवान गरे ।

आइतबार काठमाडौंमा आयोजित ‘विद्यार्थी आन्दोलन र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक भट्टराईले आगामी असोज ३ गते भित्र संविधानमा व्यवस्था गरिएको सबै मौलिक हकलाई लागू गराउन कानुन बनाइसक्नु पर्ने भएपनि सरकार तत्सम्बन्धमा गम्भीर नभएको आरोप पनि लगाए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संयोजक भट्टराईले विद्यालय शिक्षालाई निःशुल्क र उच्च शिक्षामा आवश्यक छात्रवृत्तिको व्यवस्था गराउन पनि सरकारलाई दवाव दिन विद्यार्थी संगठनका नेताहरुलाई आग्रह गरे ।

उनले वर्तमान सरकारले हुने खानेकै पक्षमा शैक्षिक नीति लिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com