काठमाडौंको शंखमुलमा दिनदहाडै सरकारी गाडी कसले जलायो ?
प्रकाशित मिति : जेष्ठ २७, २०७५ आईतबार
काठमाडौंको शंखमुलमा दिनदहाडै अज्ञात समूहले सरकारी गाडीमा आगजनी गरेको छ । आइतबार दिउसो करिब २ बजेतिर राजश्व तालिम केन्द्र, हरिहर भवनको गाडीमा आगजनी गरिउको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसरका अनुसार बा १ झ ८८१८ नम्बरको गाडीमा अज्ञात समूहले आगजनी गरेको ।
आगजनी गर्ने समुहको खोजीकार्य तिब्र गतिमा प्रहरीले गरिरहेको जनाएको छ । घटनाका विष्यमा प्रहरीले अन्य थप जाकनारी भने केही दिएको छैन । सरकारी गाडी भने आगजनीबाट क्षतीग्रस्त बनेको छ ।





