‘आई फिल अमेजिङ’ : डा. उपेन्द्र देवकोटा


प्रकाशित मिति : जेष्ठ २७, २०७५ आईतबार

वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको शरीर रोगल गाल्दै लगेको छ। बाँसबारीस्थित न्युरो अस्पतालको आइसियू कक्षमा उपचार गराइरहेका उनलाई कार्डियाक मोनिटर र अक्सिजन सपोर्ट दिइराखिएको छ। असाध्ये रोगले ग्रसित उनको मुहारमा केही दिनयता अनौठो आत्मसन्तुष्टि झल्किएको आफन्त र चिकित्सकले सहजै अनुमान लगाउन सक्छन्। एनेस्थेसियोलोजिस्ट डा मयुस मुनाकर्मीले शनिबार प्रश्न सोधिहाले, ‘डाक्टरसाप् कस्तो लाग्यो त?’

डा देवकोटाले बिस्तारै ओठ खोले र भने, ‘आई फिल अमेजिङ, वन्डरफुल !’ नजिकै बसिरहेका आफन्तको अनुहारमा पनि चमक देखियो डा देवकोटाको प्रतिक्रिया सुनेर। ‘घरको पिँढीमा बसेर सिस्नेपानीको पानी कलकल खाने इच्छा थियो,’ देवकोटाका भतिजा वसन्तले नागरिकसँग भने, ‘गाउँ पुगेर त्यो धाराको पानी खाएर आएपछिस उहाँको अनुहारमा अनौठो सन्तुष्टि देखियो।’

बिहानदेखिकै निरन्तर प्रयासपछि परिवारले उनलाई जन्मगाउँ पु¥याउने इच्छा शनिबार पूरा भएको थियो। ‘बेलायतमा छँदैदेखि उहाँले मेडम (श्रीमती डा मधु) लाई एकपटक गाउँ पु¥याउन वचनबद्ध गराउनुभएको रहेछ,’ वसन्तले भने, ‘थप सुधार होला र सकेसम्म बासै बस्ने गरी लान सकिन्छ कि भन्ने लागेको थियो। तर शनिबारै लैजाने निर्णय भयो र पु(याइयो पनि।’

बेलायतमा किङ्स कलेज हस्पिटलमा उपचार भइरहँदा डा। देवकोटाले श्रीमती मधुसँग ‘एकपटक मलाई गाउँ पु(याइदिनुपर्छ’ भनेका थिए। ‘घरमा जाने, लमजुङ साइँलीटारस्थित मामाघर जाने र सबैलाई भेटेर आउने भन्नुभएको थियो,’ देवकोटासँग गोरखा पुगेर फर्किएका उनका मामाका छोरा काशीराज घिमिरेले भने, ‘लमजुङचाहिँ पु(याउन सकिएन।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डा देवकोटाको स्वास्थ्यमा केही सुधार आएपछि गाउँ लैजाने योजना परिवारको थियो। १८ गते शुक्रबार अचानक श्वासप्रश्वासमा समस्या देखियो, चिकित्सकले तत्काल भेन्टिलेटरमा राख्ने निर्णय गरे। उनको स्वास्थ्यमा बिहीबार केही सुधारको संकेत देखिएपछि चिकत्सकले शुक्रबार भेन्टिलेटर हटाएका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com