‘ठूलो दुर्घटनाबाट जोगियो तारा एअरको विमान’


प्रकाशित मिति : जेष्ठ २६, २०७५ शनिबार

तारा एअरको ट्वीन अटर विमान आज दिउसो ३ बजे जुम्ला विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ।

चालक दलका सदस्य तथा यात्रु सबै सकुशल रहेको अधिकारीहरूले बताएका छन्।

पाइलटसहित चालक दलका तीन सदस्य र यात्रु १८ जना रहेको जनाइएको छ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एअर

‘ठूलो दुर्घटनाबाट जोगियो’

तारा एअरको नाइएन एइभी विमान नेपालगन्जबाट जुम्लाका लागि उडेको थियो।

खलंगास्थित जुम्ला विमास्थलमा अवतरणका क्रममा विमानको पाङ्ग्रा पड्केको विमानस्थलका प्रमुख कैलाश शर्माले बताए।

उनले भने, “पाङ्ग्रा पड्किएपछि विमान अनियन्त्रित भएर धावनमार्गबाट चिप्लिएर दुर्घटना भयो। विमान ठूलो दुर्घटनाबाट जोगियो।”

दुर्घटनाग्रस्त विमानको अघिल्लो भाग पूर्ण रुपमा क्षतिग्रस्त भएको अधिकारीहरूले जनाएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com