टिभीएस मोटरसाइकल अब नेपालमै बन्ने


प्रकाशित मिति : जेष्ठ २६, २०७५ शनिबार

टिभीएस मोटरसाइकल अब नेपालमै बन्ने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले नेपालमै उत्पादन गर्न लागेको हो ।

स्थापित व्यावसायिक घराना शंकर ग्रुप अन्तर्गतको कम्पनी जगदम्बा मोटर्सले ५० करोड लगानीमा नेपालमै उत्पादन गर्नका लागि बाराको सिमरामा एसेम्ब्लिङ प्लान्ट निर्माण गरिरहेको छ ।

अबको ६÷७ महिनामा टीभीएस बाइक नेपालमै उत्पादन गर्नेगरी काम गरिरहेको शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले जानकारी दिए ।

५० करोड लगानीमा अबको ६÷७ महिनामा नेपालमै उत्पादन गर्नेगरी काम गरिरहेका प्रबन्ध निर्देशक अग्रवालले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल बाराको सिमरामा ६ बिगाहा जमिनमा एसेम्ब्लिङ प्लान्ट निर्माण भइरहेको पनि उहाँले जानकारी दिनुभयो । अग्रवालका अनुसार तत्काल २ सय सीसीसम्मका मोटरसाइकल र स्कुटर उत्पादन गर्ने गरिनेछ ।

यसरी एसेम्ब्लिङमा प्लान्ट राखेर स्वदेशमै सवारीसाधन बनाउँदा सरकारले प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ छ । देशमै उत्पादन गर्दा सयौं जनालाई रोजगारी सिर्जना हुने र त्यसले अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com