३८ किलो सुन तस्करीका मुख्य अभियुक्त एमकेको घरमा भेटियो सुन र चाँदी


प्रकाशित मिति : जेष्ठ २५, २०७५ शुक्रबार

३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य लगानीकर्ता भनिएका एमके भनिने मोहनकुमार अग्रवालको काठमाडौंको अनामनगरस्थित घरमा प्रहरीले छापा मारेको छ ।

अग्रवालको ताला लगाई राखेको घरमा शुक्राबार सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समितिले छापा मारेको हो ।

घरबाट ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला सुन बरामद गरेको स्रोतले बताएको छ । अग्रवालको घरमा रहेका कम्युटर, ल्यापटपलागयत केही सामानहरुमा सिलबन्दी गरिएको समितिका एक जना सदस्यले जानकारी दिए । बा १० च २८२ नम्बरको गाडीसहित अन्य केही महत्वपूर्ण कागजातहरु पनि बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणपछि अग्रवाल फरार छन् । अग्रवालको स्थायी घर धरान हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com