‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ उद्घाटनमा मात्रै ६४ लाख खर्च


प्रकाशित मिति : जेष्ठ २५, २०७५ शुक्रबार

नयाँ वर्ष २०७५ को शुभारम्भसँगै शुरु भएकाे ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ काे उद्घाटनमा करिब ६४ लाख रकम खर्च गरिएकाे विवरण सार्वजनिक भएकाे छ ।

प्रतिपक्ष दलका सांसदहरुले बिहीबार ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को उद्घाटनकाे खर्च र चालु आर्थिक वर्षको रातो किताब नआउनुको कारण माग गर्दै संसद अवरुद्ध गरेपछि सरकारले शुक्रबारकाे संसद बैठकमा खर्च विवरण सार्वजनिक गरेको हो ।

दोस्रो अधिवेशनको दसौं संसद् बैठकमा प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालाले पर्यटन वर्षमा भएको सम्पूर्ण खर्च विवरण संसदमा नै सार्वजनिक गरेका हुन् ।

ज्वालाका अनुसार पर्यटन वर्षको शुभारम्भमा ६३ लाख ८१ हजार रुपैयाँ खर्च भएको छ । कुल खर्च मध्ये प्रदेश सरकारले ४९ लाख ४१ हजार र नेपाल पर्यटन बोर्डले १४ लाख ४० हजार बजेट खर्च गरेकाे अार्थिक मन्त्री ज्वालाले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खाना र खाजामा १७ लाख ४६ हजार अतिथि र सहभागीलाई पर्यटन वर्षको प्रचारका लागि वितरण गरिएको झोलाका लागि २ लाख, अतिथि र सहभागीको खाना र खाजामा १७ लाख ४६ हजार, अतिथिलाई उपहारमा ५ लाख ५४ हजार, पत्रकारलाई मुगुसम्म लैजान यातायात र आवासमा ६४ हजार रुपैयाँ खर्च भएको खर्च विवरणमा जनाइएकाे छ ।

गत वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा पुगेर ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्नुका साथै देशवासीका नाममा सम्वाेधन गरेका थिए । टेलिभिजन जिंगलमा ४ लाख १२ हजार, रेडियोमा २ लाख​​​​​​​ यसैगरी, प्रचारप्रसारका लागि टेलिभिजन जिंगलमा ४ लाख १२ हजार, रेडियोमा २ लाख ५८ हजार पोस्टर लगायतका अन्य सामग्रीमा २ लाख, हवाई भाडा १० लाख २९ हजार, स्थलगत यातायत ७६ हजार, मञ्च व्यवस्थापन, सांस्कृतिक कार्यक्रम लगायतमा ११ लाख ५० हजार, आवासमा ४ लाख ६२ हजार र स्थानीय तयारीमा २ लाख गरी जम्मा ६३ लाख ८१ हजार खर्च भएको ज्वाला जानकारी दिएका छन् ।

मितव्ययिता र आर्थिक अनुशासन सरकारको प्राथमिकता पर्यटन वर्ष शुभारम्भ लगत्तै नीति तथा कार्यक्रम र बजेट निर्माणमा व्यस्त हुनु परेकाले खर्च विवरण सार्वजनिक गर्न ढिलाइ भएको अार्थिक मन्त्री ज्वालाले स‌ंसद बैठकमा जवाफ दिएका थिए। मन्त्री ज्वालाले पर्यटन वर्षमा आर्थिक अनियमिता भएको भन्ने भनाई गलत भएको भन्दै मितव्ययिता र आर्थिक अनुशासन सरकारको प्राथमिकता भएकाे दावी गरे । पर्यटन वर्ष सँगसँगै ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ काे उद्घाटनका लागि कर्णाली प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com