प्रचण्डका घरबेटीलाई कारबाही गर्न सिफारिस
प्रकाशित मिति : जेष्ठ २४, २०७५ बिहीबार
जिल्ला प्रशासन कार्यालय भक्तपुरले नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डका ललितपुर खुमलटारस्थित घरबेटी शारदाप्रसाद अधिकारीसहित १० जना ठेकेदारलाई कारबाही गर्न सिफारिस गरेको छ।
समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको सूची पठाउन गृहमन्त्री रामबाहादुर थापा बादलले दिएको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रचण्डका घरबेटी अधिकारीसहित १० जना निर्माण व्यवसायीलाई कारबाही गर्न सिफारिस गरेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा भक्तपुरबाट इश्वरकाजी खाइजूले लेखेका छन्।
अधिकारीको शैलुङ कन्ट्रक्सनले भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडकको ठेक्का लिएको छ। तर ठेक्का लिएको चार वर्ष पूरा हुँदा पनि निर्माण भएको छैन। करिव १६ किमी सडक निर्माण नहुँदा यात्रुहरुले सास्ती पाउँदै आएका छन्।





