उपमेयरले पत्रकार सम्मेलन गरेर मेयरमाथि लगाए यस्ता आरोप


प्रकाशित मिति : जेष्ठ १७, २०७५ बिहीबार

काठमाडौ महानगरपालीकाका मेयर र उपमेयरबिचको बिबाद बढ्दै गएको छ । महानगरपालीकाभित्र मेयर विद्यासुन्दर शाक्यले एकलौटी ढंगले निर्णय गर्ने गरेको भन्दै उपमेयर हरिप्रभा खड्कीले बिहीबार आफु निकट वडाअध्यक्षहरुका साथ छुटै पत्रकार सम्मेलन समेत गर्नुभएको छ ।

काठमाडौ महानगरपालीकाको एकवर्षको कार्यप्रगति सार्वजनिक गर्न छुट्टै पत्रकार सम्मेलन गर्दे उपमेयर खड्कीले महानगरपालीका भित्र सत्तापक्ष र प्रतिपक्षीको व्यवहार भएको गुनासो गर्नुभयो । उहाले महानगरका हरेक गतिविधिमा मेयर शाक्यले आफूखुशी गरेको निर्णय गरेको आरोप पनि लगाउनुभयो ।

आफ्नै वडामा बन्दै गरेको ठूलो परियोजनामा समेत उपमेयरलाई थाहा नै नदिइ मेयर शाक्यले काम अघि बढाएको आरोप खड्कीको छ । मेयरकै कारण आजसम्म पञ्चबर्षिय कार्यक्रम तयार हुन नसकेको उहाको आरोप छ ।

महानगरपालीकाले गर्ने हरेक कार्ययोजनाको जानकारी २४ घण्टाअघि आफुहरुलाई जानकारी गराउन आग्रह गर्दा पनि आफुहरुलाई वेवास्ता गरि एकलौटी रुपमा अघि बढेको उहाले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विद्यासुन्दर शाक्य तत्कालिन नेकपा एमालेबाट काठमाडौ महानगरपालीकाको मेयर पदमा बिजयी हुनुभएको थियो भने हरिप्रभा खड्की नेपाली काग्रेसबाट उपमेयरमा बिजयी हुनुभएको थियो । पत्रकार सम्मेलनमा उपमेयर खड्कीले आफ्नो अगुवाईमा एक बर्षभित्र महानगरबाट भएका कामहरुका बारेमा जानकारी गराउनुभएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com