शान्तिनगरमा फैलिएको झाडापखालाको प्रकोप नियन्त्रण बाहिर


प्रकाशित मिति : जेष्ठ १४, २०७५ सोमबार

घोराही । दाङको शान्तिनगरमा फैलिएको झाडापखालाको प्रकोप नियन्त्रण बाहिर गएको छ ।

पातेटाकुरा, गनारी, गाहा टोल, अँधेरे, भल टोल, खत्री टोल, चिराघाट एकली, कजेरी र हिरापुर गाउँमा शनिबारबाट झाडा पखालाको प्रकोप फैलिएको छ ।

स्थानीय माइली खोला खानेपानी आयोजनाको पानी दुषित भएकाले झाडा पखाला फैलिएको शान्तिनगर स्वास्थ्य चौकीका प्रमुख हरि पुनले बताए । उनका अनुसार आइतबारसम्म एक हजार जना बिरामीको उपचार गरिएको छ । सोमबार बिहानैदेखि पनि बिरामीहरु उपचार गर्न आइरहेका छन् ।

झाडा पखाला फैलिएपछि स्थानीय स्कुल बन्द गरिएको छ । वीपी कोइराला मावि र हुमाचन्द्र बोर्डिङ स्कूल आइतबारदेखि नै बन्द छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राप्ती उपक्षेत्रीय अस्पताल घोराही, शान्तिनगर स्वास्थ्य चौकी र सेनाको टोलीले बिरामीको उपचार गर्दै आएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com