राज्यकाे ढुकुटीमा १० महिनाकाे अायात धान्ने विदेशी मुद्रा, तिर्न बाँकी ऋण साढे ८ खर्ब


प्रकाशित मिति : जेष्ठ १४, २०७५ सोमबार

सरकारले चालु आर्थिक वर्ष २०७४/०७५ को समग्र स्थितिको मूल्यांकनसहितको आर्थिक सर्वेक्षण सदनमा पेश गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले अाइतबार प्रतिनिधिसभाको बैठकमा चालु आर्थिक वर्षको हालसम्म भएका आर्थिक गतिविधि तथा समग्र आर्थिक अवस्थासहितको सर्वेक्षण पेस गर्नुभएको हो ।

सर्वेक्षणअनुसार चालू आर्थिक वर्षको मूल्यवृद्धि ६ प्रतिशतमा कायम रहने र आर्थिक बृद्धि ५ दशमलव ९ रहने अनुमान छ । सर्वेक्षणअनुसार कूल ग्राहस्थ उत्पादनको १५ प्रतिशत रकम बचत छ ।

चालु आर्थिक वर्ष २०७४/०७५ को मौद्रिक नीतिमा वार्षिक उपभोक्ता मुद्रास्फिति ७ कायम राख्ने लक्ष्य लिएकोमा चालु आर्थिक वर्षको ९ महिनामा यस्तो मुद्रास्फिति ४ प्रतिशत १ प्रतिशत रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नियमित विद्युत आपूर्तिका कारण आन्तरिक उत्पादन क्षमतामा आएको वृद्धि, आपूर्ति व्यवस्थामा भएको सुधारका कारण चालु आर्थिक वर्षमा मुद्रास्फिति प्रक्षेपित सीमाभन्दा कम रहेको हो ।

६० लाखभन्दा बढि गरिवीको रेखामुनि रहेको जनाएको सर्वेक्षणमा सरकारी खर्च बढेर बजेट घाटा बढ्न थालेको, सेयर बजार स्थिर रहेको र बैंक तथा वित्तीय संस्था कर्जा बृद्धिदरको तुलनामा निक्षेपको वृद्धिदर कम रहेको औंल्याएको छ ।

बैंकमा निक्षेप २४ खर्ब र कर्जा २२ खर्ब पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । गत आर्थिक वर्षमा ३७ मध्ये २६ संस्थान नाफा कमाउन सफल भएको र ११ घाटामा गएको आर्थिक सर्वेक्षणले औंल्याएको छ ।

शोधानन्तर स्थिति ऋणत्मक देखिए पनि राज्यको ढुकुटीमा सञ्चित विदेशी मुद्राले दस महिनाको आयात धान्न सक्ने र २०७४ फागुन मसान्तमा देशको कुल तिर्न बाँकी सार्वजनिक ऋण ८ खर्ब ४३ अर्ब रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com