ब्लड डोनर्स अमेरिकाको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, लिला दाहालको अध्यक्षमा नयाँ कार्यसमिति गठन


प्रकाशित मिति : जेष्ठ १३, २०७५ आईतबार

रक्तदाताहरुको राष्ट्रिय संगठन, ब्लड डोनर्स अमेरिका (बिडिए) को दोस्रो राष्ट्रिय सम्मेलन शनिबार एटलान्टामा सम्पन्न भयो । स्थानिय ह्यात होटलमा सम्पन्न कार्यक्रमले अगामि २ बर्षका लागी नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
३ सय ५९ पटक रक्तदान गरि विश्व किर्तीमान कायम गरेका जोन सेफर्ड कार्यक्रमको प्रमुख आकर्षण थिए । फ्लोरिडा निवासि ८६ बर्षीय सेफर्डले कोरियन युद्धमा घाइते साथीको लागी सन् १९५१ मा पहिलो पटक रक्तदान गरेका थिए । “जब मैले थाहा पाएँ कि मेरो रगतले मेरो साथीको जिवन बाँच्न सक्छ तब मैले आफुलाइ थाम्न सकिन, त्यो निकै भावुक क्षण थियो” उनले भने । सम्मेलनमा सहभागी हुनपाँउदा गौरवान्वित महसुस गरेको बताउदै सेफर्डले नेपाली समुदायले अमेरिकामा गरेको सबैभन्दा उत्कृष्ट योगदान भएको टिप्पणी गरे । कार्यक्रमका अर्का अतिथि कार्टर ब्लड केयरका निर्देशक टड एबनरले छोटो समयमा बिडिएले गरेको उत्कृष्ट मानविय कार्यको प्रसंशा गर्दै निरन्तर हातेमालो गर्न पाउदा खुसी लागेको बताए “मानव जिवन रक्षाका लागी बिडिएको योगदान अतुलनिय छ, यो पवित्र कार्य जारि राख्न आवश्यक सबै सहयोग गर्न हामी तयार छौँ,” उनले भने ।
सम्मेलन आयोजक समितिका संयोजक भविन्द्र बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिडिएका सभापति डा. नन्दलाल रेग्मिले बिडिएले हालसम्म ८ हजार ५०० पिन्ट रगत दान गरिसकेको तथ्यांक सार्वजनिक गर्दै यसबाट करिब २५ हजार मानिसको जिवन रक्षा भएको बताउदा हलमा तालिको फोहोरा छुटेको थियो । “मानव जिवन रक्षामा हाम्रो योगदान जारिरहने छ” वहाँले भन्नुभयो । विजय भट्टराइले संचालन गरेको कार्यक्रममा एनआरएनए जर्जीयाका अध्यक्ष सुर्य लम्साल, नेप्लिज एसोसिएस अफ जर्जीयाका अध्यक्ष केशव शर्मा, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्र्मा, एनसीएससीका अध्यक्ष डा. प्रल्हाद पन्त,प्रवासी नेपाली मंचका उपाध्यक्ष यमुना भट्टराइ कवि महेश्वर पन्त र पत्रकार किरण मरहट्टाले मन्तव्य व्यक्त गरेका थिए भने संयोजक भबिन्द्र बस्नेतले सम्मेलन सफल पार्न सहयोग गर्ने सबैलाइ धन्यवाद ज्ञापन गरेका थिए । “बि अ लाइफ सेभर बि अ ब्लड डोनर” भन्ने स्लोगन रहेको सम्मेलनमा शनिवार विहान अतिरिक्त क्रियाकलाप अन्तर्गत भलिवल प्रतियोगिता सम्पन्न भएको थियो भने अन्तराष्ट्रिय साहित्य समाजको संयोजकत्वमा सम्पन्न कविता प्रतियोगीताका विजयीहरुलाइ पुरस्कार प्रदान गरिएको थियो ।
जर्जीयाका सम्पुर्ण स्थानीय संघसस्थाको सक्रिय सहभागीता रहेको कार्यक्रमा बिडिएका च्याप्टरहरुको प्रतिवेदन सर्वसम्मतले परित गरियो ।
सम्मेलनले आगामी २ बर्षको लागि डा. लिला दाहालको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ जसमा कार्यकारि उपाध्यक्ष रेशम घर्ती, उपाध्यक्ष संजिव श्रेष्ठ, महासचिव सतिसचन्द्र गुप्ता, उपमहासचिव संजय श्रेष्ठ कोषाध्यक्ष राम डंगोल, सहकोषाध्यक्ष कपिल अधिकारी र सदस्यहरुमा डा. नारायण खड्का, इरा आचार्य, बालानन्द भण्डारि, महेश्वर पन्त टिका पौडेल, शिव काफ्ले छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com