रेल र पानीजहाज मजाक उडाउने विषय होइन: अाेली


प्रकाशित मिति : जेष्ठ १३, २०७५ आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले असम्भव महत्वकांक्षा नलिएको उल्लेख गरेका छन्

सरकारको नीति तथा कार्यक्रमबारे संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै आइतबार उनले भने, ‘नीति तथा कार्यक्रमले तीब्र परिवर्तनको आकांक्षा बोकेको छ। तर पूरा नहुने किसिमको महत्वकाक्षा बोकेको छैन।’

रामायणको प्रसंग उल्लेख गर्दै अाेलीले सरकारले सुनकै गल्ली बनाउँछु नभनेकाे उल्लेख गरे। ‘रामायणमा भनिएको छ घर पनि सुनैका, गल्ली पनि सुनैका छन्। तर यो सरकारले अर्को वर्ष सुनको घर र सुनको गल्ली बनाउँछौं भनेको छैन। सम्भव हुने र सम्भव बनाउनु पर्ने सम्वृद्धिका सपना बोकेको छ। समृद्धि नेपाल र सुखी नेपाली हाम्रो राष्ट्रिय आकांक्षा हो।’

प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम आकांक्षाहीन नभएको बताउँदै भने, ‘राष्ट्रलाई पहिलो विश्वमा पुर्याउने आकांक्षा राख्न पाइँदैन? कति वर्ष लाग्छ थाल्न त पर्यो नि। नेपालीलाई गरिब रहन नपर्ने, केही वर्षभित्र खान लाउन, छोराछोरी पढाउन पाइनँ भन्ने नहोस्।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

'समुन्द्रबाट इस्ट टिमाेर जान्छाैं'

रेल र पानीजहाज मजाक उडाउने विषय नभएको प्रधानमन्त्री अाेलीकाे भनाइ थियाे। ‘हेर्दाहेर्दै इष्टटिमोर समुन्द्रबाट जान्छौं। जलमार्गबाटै ढुवानी गर्छौं, उलने भने, ‘पानीजहाज निदाएका बेला देखेको सपना होइन। पानी जहाजको योजनालाई विपक्षी सांसदहरुले दिवासप्ना भन्नुभयो। ठीकै भन्नुभयो। मैले दिउँसै देखेको सपना हो, राति होइन।’

काठमाडौं–केरुङ जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन भइरहेको प्रधानमन्त्री ओलीले जानकारी दिए। ‘काठमाडौं–वीरगन्ज रेल ५ वर्षभित्र बनाउने सहमति भइसकेको छ। त्यसपछि हामी हाम्रै रेलबाट ढुवानी गर्छौं।’ काठमाडौंमा मेट्रो रेल सञ्चालन गर्ने सहमति महानगरपालिकाले गरिसकेको उनेको भनाइ थियो। ‘मेट्रो रेल चलाउन काठमाडौं महानगरपालिकाले सहमति गरिसकेको छ। सम्भाव्यता अध्ययन सकिए लगत्तै निर्माण सुरु हुन्छ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com