ट्रम्पजस्तो मित्र भएपछी शत्रुको आवश्यक पर्दैन : युरोपेली युनियन


प्रकाशित मिति : जेष्ठ ५, २०७५ शनिबार

इरानसँगको सम्झौताबाट बाहिरिनु र व्यापार युद्धलाई चर्काउनुले अमेरिकाका मित्र राष्ट्रहरु पनि उसँग रुष्ट देखिएका छन्। युरोपेली युनियनका अध्यक्षले बुधबार एक बैठकमा डोनाल्ड ट्रम्पजस्तो मित्र हुनेहरुका लागि शत्रुको आवश्यक नहुने बताएका थिए।

बुल्गेरियाको राजधानी सोफियामा इरानसँगको बाँकी सम्झौतालाई कसरी सुरक्षित गर्ने र युरोपेली देशको इरानसँगको व्यापारलाई ट्रम्पको प्रतिबन्धपछि कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न बुल्गेरियाको राजधानीमा २८ देखका नेताहरुको भेला भइरहेका छन्।

युरोपेली संघका प्रमुख डोनाल्ड टस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फैसलाको सामना गर्न युरोपेली संघलाई पहिलाको भन्दा बलियो एकता देखाउनुपर्ने बताए। पत्रकार सम्मेलनमा टस्कले भने– ‘राष्ट्रपति ट्रम्पको हालैका फैसलालाई हेर्दा जसले पनि सोच्न सक्छ, ट्रम्पजस्तो मित्र भएपछि कसैलाई शत्रुको किन आवश्यक हुन्छ ?

टस्कले भने– ‘युरोपले आफ्नो सुरक्षाका लागि शक्ति भ्याएसम्म सबै गुर्नपर्छ। हामी त्यो स्थितिका लागि तयार रहनुपर्नेछ जब आफ्नै बलबुतामा सबैकुरा गर्नुपर्ने परिस्थिति सिर्जना हुनेछ।’ याे खबर अाजकाे नेपाल समाचारपत्र मा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com