अध्यक्ष दाहालद्वारा मन्त्री यादवको स्वास्थ्य अवस्थाको जानकारी


प्रकाशित मिति : जेष्ठ ४, २०७५ शुक्रबार

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।

विगत तीन दिनदेखि छालाको इन्फेक्सन, टाउको दुख्नेलगायतका समस्याबाट पीडित मन्त्री यादव उपचाररत् नर्भिक अस्पताल पुगेर अध्यक्ष दाहालले उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले भन्नुभयो, “अध्यक्षले मन्त्री यादवको स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्यलाभको कामना गर्नुभयो ।”

अध्यक्ष दाहालले स्वाथ्यमा सुधार नभए अन्य अस्पतालमा समेत उपचारमा जान सुझाव दिनुभएको छ । “सम्भव भएसम्म स्वदेशमा नै उपचार गराँै, भएन भने विदेशका अस्पतालमा समेत उपचार गर्नुपर्ने हुन सक्छ”, अध्यक्ष दाहालले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चिकित्सकले भने मन्त्री यादवको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com