अस्थायी शिक्षक आन्दोलन वार्ताका लागि स्थगीत, माग पुरा नभए अकल्पनिय आन्दोलन


प्रकाशित मिति : कार्तिक ११, २०७३ बिहीबार

हरिकृष्ण पन्थी

देशभर बाट आठौ शिक्षाऐन संशोधनको बिरोधमा उत्रिएका अस्थायी शिक्षकहरुको आन्दोलन बिहिबारदेखी स्थगित भएको छ । अस्थायी शिक्षकहरु गत हप्ता देखी स्थायी प्रतियोगितामा सहभागी हुने अवशर दिनुपर्ने , सम्पुर्ण अस्थायी सेवा अवधि स्थायी सेवामा गणना हुनपर्ने, स्थायी हुने अवशर नपाएका शिक्षकलाई औषधि उपचारखर्च र उपदान रकम उपलब्ध गराउने लगायतका मागहरुका साथ आन्दोलनमा उत्रिएका थिए । अस्थायी शिक्षक आन्दोलन समितिलाई शिक्षा मन्त्रालयले पत्राचार गरी वार्तामा आउन आग्रह गरेपछी आन्दोलन वार्ता अवधिभरका लागि स्थगित गरिएको जनाइएको छ ।

बिहिबार भएको वार्तामा अस्थाई शिक्षकआन्दोलन समितिका पदाधिकारी,नेपाल शिक्षक महासंघ तथ शिक्षा मन्त्रालय बिच छलफल भएको छ । यसैविच शिक्षकहरुका मागहरुप्रति नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालय सकारात्मक भएकोले वार्ताका लागि तत्काल आन्दोलन स्थगित गरिएको हो ।

शिक्षा मन्त्रालय संग वार्ता प्रारम्भ भएपनि विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्नमा मन्त्रालय उदासिन देखिएकाले तुरुन्तै विश्वास गरेर आन्दोलन फिर्ता लिन शिक्षकहरु तयार देखिदैनन् । तर यसपटकको आन्दोलन निर्णायक हुने र माग पुरा नभए अकल्पनिय आन्दोलन हुने अस्थायी शिक्षक आन्दोलन समितिका महासचिव दिनेश थापाले चेतावनी दिएका छन् । खसोखाससँग कुरा गर्दै उनले भने माग पुरा नभए हामीले अकल्पनीय घटना गराउनेछौं, त्यो कस्तो हुने भन्ने कुरा त्यतीबेलै थाहा हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिहिबार अस्थायी शिक्षकका तर्फबाट तीन सदस्यीय वार्ताटोली गठन गरिएको छ । वार्ताका क्रममा आफ्ना मागहरुप्रति अडिक रहनका लागि आन्दोलनरत शिक्षकहरुले अध्यक्ष निरेन्द्र कुवरलाई चेतावनी दिएका छन् । अर्को वार्ता शुक्रवार विहान आठ वजे हुने जनाइएको छ ।

माग पुरा नभएसम्म जिल्लामा नफर्कने अस्थायी शिक्षकहरुको चेतावनी छ ।

img_20161019_113801

img_20161019_124348

img_20161023_114511

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com